गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

काठमाडौं । गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए । प्रितम राईको रिदम अवधारणामा निर्माण भएको गीतमा श्रद्धा सुमन सिलवाल र गायक मनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका हुन् ।

दुर्घटनामा परेका दजर्नाैं यात्रु उद्दार गर्ने सोनाम तामाङलाई महालक्ष्मी विकास बैंककाे सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले सोनाम तामाङ (र्याफटिङ गाइड) लाई पन्ध्र हजार रुपैया सहित सम्मान गरेको छ । सोनामले अरनिको राजमार्ग, सुकुटेमा बस दुर्घटना हुँदा दर्जनाैं यात्रीको उद्दार गरेका थिए । उनको साहसिक कार्यको कदरस्वरुप बैंकले सो रकमसहित सम्मान गरेको हो । कात्तिक १७ गते मागा देउराली देखि काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले तामाङलाई सम्मान गरेको थियो ।

करातेमा नेपालले जित्यो १० स्वर्ण पदक

काठमाडौं । काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी छन् । महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन् । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुगेकी हुन् । सोही प्रतिस्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ । यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेका थिए । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन । रासस