शौचालय नै बन्यो ७२ वर्षीया वृद्धाको घर
मयुरभञ्ज, ओडिशा । भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने र सुत्ने गरेको जनाइएको छ । उनका नाति र छोरीलगायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुल्ला आकाशमुनि नै बसोबास गर्ने गरेको बताइएको छ । यसअघि यस मुद्दालाई अख्तियारवाला समक्ष बोलाएर उनीहरूले उनको बासस्थान उपलब्ध गराउने आश्वासन दिएका थिए । अझै पनि घरको प्रतिक्षामा रहेको द्रौपदी बताउँछिन् । ‘मसँग घर बनाइदिने अधिकार छैन । सरकारले थप घर निर्माण गर्ने योजना ल्याएमा म उनलाई एउटा घर दिनेछु,’ गाउँका प्रमुख बुधुराम पुटीले एएनआईलाई बताए । मानवअधिकारवादी अधिवक्ता सत्य मोहन्तीले यस मुद्दामा क्षोभ व्यक्त गर्दै केन्द्रीय र ओडिशा सरकारलाई यस विषयलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरे । रासस/एएनआई
१३ औं साग फुटबल– भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले हराउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो । नेपालको जितका लागि सुनिल बलको गोल निर्णायक रह्यो । सुनिलले खेलको ५७ औं मिनेटमा नेपालका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरे । यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, भुटानका कप्तान चेन्चो ग्याल्सेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु भएपछि नेपालले आफ्नो दवाव बढाउँदै लगेको थियो । नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुरुष फुटबलमा रजत पदक जितेको छ ।
धरानमा मिस पुर्वाञ्चल- २०१९ आयोजना हुँदै
काठमाडौं । “नेपाल आईस मिस पुर्वाञ्चल २०१९” को दशौं संस्करणको तयारी भइरहेको छ । उक्त कार्यक्रम आगामी पौष ५ गते धरानमा आयोजना हुने भएको हाे । यस प्रतियोगीतामा सहभागी प्रतिष्पर्धीहरु मध्येको सबैभन्दा बढी फेसबुकमा लाईक पाउने प्रतिष्पर्धी “फेस अफ डिभाईन” टाईटल सहित नगद रु. १५ हजार पुरस्कार पाउने छन् । मिस पुर्वाञ्चलको दसौ संस्करणमा “डिभाईन वाइन” को उत्पादक “श्री महाकाली वाइन प्रा. लि.” “सह–प्रायोजक” रहेका छन् । गत वर्षको उक्त टाईटल, सबै भन्दा बढी लाईक पाएकी प्रतियोगी “आकृति आचार्य” ले जितेकी थिइन् । यो वर्ष मिस पुर्वाञ्चलको दसौं संस्करणमा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, र सिमरन लिम्बु, रतुवामाई–ईटहरीबाट विपना तामाङ्ग, उर्लाबारीबाट मिलिसा श्रेष्ठ, ईटहरीबाट गोमा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, र प्रिजनी नेपाल, खोटांगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, र रेजिना राई र धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी गरी जम्मा २१ जना प्रतिस्प्रर्धी रहेका छन् ।