मेलिना राई र कुलेन्द्र वि.कको नयाँ गीत ‘दश तले घर’ सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र गायक कुलेन्द्र वि. कको नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय सर्जक मुकुन्द पौडेलको शब्दमा र चर्चित गायक कुलेन्द्र वि.कको संगीतमा सो लोकगीत बजार ल्याएको हो । अभिनयमा सुनिल लामिछाने र अन्जली अधिकारीलाई देख्न सकिन्छ । कुलेन्द्र वि.कको ‘सालको पातको टपरी हुने’ पछिको यो लोकगति बजारमा ल्याएका मेलिना राईको ‘पान खायो मायाले’ पछिको अर्काे नयाँ गति रहेको हो । गीतको शब्दमा नेपाली समाजको चर्चा तथा परिचर्चा गरेका पाइनछ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको सो म्युजिक भिडियोलाई क्यामेरामा कैद् सुरेश श्रेष्ठ गरेका हुन् । गोरखा म्युजिक प्रा.लिबाट साे गीत उत्पादन गरिएको हो । म्युजिक भिडियो हेर्न तल क्लिव गर्नुहोस् । https://www.youtube.com/watch?v=ivuyw5vG_zI  

तेजेन्द्र र वर्ता गन्धर्वको स्वरमा, गोकर्णको पहिलो गीत सार्वजनिक

काठमाडाैं। गोकर्ण रुपाखेती(शर्मा) को पहिलो गीत ‘म त गीत गाउँछु हजुर’ सार्वजनिक भएको छ । नेपालको वर्तमान परिस्थितिलाई औल्याउँदै रुपाखेतीको उक्त गीत सार्वजनिक गरेका हुन् । रियालिटी शो भ्वाईस अफ नेपालका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्वको स्वर रहेको उक्त गीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेका छन् । साईराम पिक्चर्सले बजारमा ल्याएको सो गीतमा समाजदेखि देशको गतिविधिलाई प्रष्ट पार्दै उक्त गीतमा गोकर्ण रुपाखेती(शर्मा), आरतीमणि, हरिराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ । भने माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाले गरेका हुन् । कमला जोशीको कन्सेप्ट रहेकोे उक्त गीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाडाैंले गरेको हो ।  

कञ्चनपुरको कलुवापुरमा आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख ११, १२ र १३ गते कञ्चनपुरको कलुवापुरमा सीपमूलक तालिम संचालन गरेको छ । संस्थाले शाखा कार्यालय कलुवापुर कञ्चनपुरमा आबद्ध सदस्यहरु मध्ये ४८ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुनेसर्फ, स्याम्पु तथा श्रृङगार सामाग्री बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख उमाकान्त अवस्थीले यस्ता सीपमूलक तालिमहरुबाट विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा सर्फ,स्याम्पु तथा श्रृङगार सामाग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ४५८ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।