बस बिसौनी बनाउन सिटिजन्स बैंकले गर्यो सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमबीच यस बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका हुन् । उक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सहज हुने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापनाकाल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए । समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण हुने बस बिसौनीबाट उक्त क्षेत्रका स्थानीयवासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

तेक्वान्दो खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग, सबै खेलाडीलाई ट्रयाक सुट बितरण

काठमाडौँ । तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट प्रदान गरेको छ । जापानको ओसाकामा हुन गइरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको हो । उक्त वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप,जापानको ओशाकामायहि अप्रिल २० तारिक देखि सुरु हुँदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो ।

वित्तीय साक्षरता विस्तार गर्न कैलाश र एनविआईबीच सम्झौता

काठमाडौँ । कैलाश विकास बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनविआइ) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि बैशाख ३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता बैंकका कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानवी कोर्स प्रदान गर्ने विषयमा पनि सहमति भएको छ । उक्त सम्झौतामा एनविआइ को तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे ।