अब विहे दर्ता गरेपछि मात्रै विवाह !
दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताएका छन् । समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो नीति निर्माण गरे मात्रै बालविवाह न्यूनीकरण हुने बताए । “पहिलो विवाह दर्ता गर्ने अनि मात्रै विवाह गर्न पाउने मान्यता दियो भने अहिलेजस्तो सानै उमेरमा बालविवाह गर्ने समस्याको अन्त्य हुन्छ,” मन्त्री केसीले भने, “यसका लागि कानून निर्माणमा समेत प्रदेश सरकारले पहल थाल्छ ।” अझै पनि बालविवाह गर्ने क्रम नरोकिएकाले कानून बनाएर त्यसलाई न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ । उनले प्रदेश नं ५ ले अहिलेसम्म १५ वटा कानून निर्माण गरेको भन्दै बाँकी कानूनहरु यही २६ गतेदेखि बस्ने प्रदेशसभाको बैठकले निर्माणको प्रक्रियामा अगाडि बढाउने बताए । रासस
शाश्वत धाममा २० लाख दर्शनार्थी, धार्मिक पर्यटककाे लागि नयाँ गन्तव्य
काठमाडौं । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । संचालनमा आएको २० महिनाको अवधिमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वत धाम पुगेका हुन् । सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वत धामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वत धाम सर्वाधिक लोकप्रिय गन्तव्य बनेको छ । शाश्वत धाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ । मंसिर २१ गते विहान ११ बजे हेटौडा नगरपालिका वडा नम्बर ४ पारिजात पथकी ७६ बर्षिया बृद्धा लोकलक्ष्मी आचार्य २०औं लाख दर्शनार्थीका रुपमा शाश्वत धाम प्रवेश गरेकी छिन् । उनलाई शाश्वत धामको विशेष दर्शन एवं परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको छ । उनी लगायतका शुक्रबार शाश्वत धाम पुग्ने दर्शनार्थीलाई पञ्चेवाजा, स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको छ । ‘यो मेरो जीवनकै विर्सिन नसक्ने क्षण बनेको छ’ आचार्यले भनिन्, ‘शाश्वत धामको महत्व सुनेकी थिएँ । आज यस भगवानको मन्दिरमा मलाई प्राप्त भएको सम्मान मेरो हृदयमा सदा सदाका लागि रहनेछ ।’ पूर्व–पश्चिम राजमार्गस्थित सिजिआइपीसँगै रहेको यस धामको निर्माण ख्यातीप्राप्त उद्योगपति एवं नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । नेपाली कला, सँस्कृति एवं सनातन धर्मको प्रवर्धन गर्न शाश्वत धाम निर्माण गरिएको हो । शाश्वत धाममार्फत् आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गरि नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु अर्को महत्वपूर्ण लक्ष रहेको छ । ‘हामी शाश्वत धाममा धेरैभन्दा धेरै दर्शनार्थी एवं पर्यटकलाई स्वागत गर्न चाहान्छौँ’ चौधरी ग्रुपका अध्यक्ष एवं शाश्वत धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने, ‘सनातन धर्मप्रति आस्थावान सम्पूर्ण नेपालीहरूको भावनालाई सम्मान गर्दै हामी शाश्वत धाममा थप सम्पदाहरू विस्तार गर्न प्रतिवद्ध छौँ ।’ अध्यक्ष चौधरीले स्वदेशी एवं विदेशी पर्यटकहरूका लागि शाश्वत धाम नेपालकै सर्वाधिक आकर्षक गन्तव्यस्थलमध्येको एक बन्ने विश्वास पनि व्यक्त गरे । केही दिन अघि मात्रै शाश्वत धाममा बुद्ध चैत्य र बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । यहाँ बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय रहेको छ । यसअघि नै यहाँ हिन्दू धर्मका बारेमा विस्तृत जानकारी दिने धार्मिक संग्राहलय स्थापना गरिएको थियो । शाश्वत धाम सनतन धर्मको रिसर्च सेन्टरका रुपमा समेत विकास भएको छ । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् ।
ग्रिन टि खाने कि ब्ल्याक टि?
काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य फाइदाहरु भने केही फरक छन्। ग्रिन टीः एउटै पातबाट बन्ने भएतापनि ‘ग्रिन टी’, ‘ब्ल्याक टी’ जस्तो ‘फर्मेन्टेसन’ प्रक्रियाबाट गुज्रदैन, अर्थात ‘ब्ल्याक टी’ झै ‘ग्रिन टी’ बनाउँदा ‘अक्सिडेसन’ प्रक्रिया भएको हुदैन। त्यसैले ग्रिन टीमा ‘इजीसीजी’ नामक एक ‘एन्टीअक्सिडेन्ट’ पाइने हुन्छ जसले क्यान्सर र कार्डियोभास्कुलर (मुटु र रक्तवाहिनी नली) सम्बन्धि रोग प्रतिरोधमा सहयोग पुर्याउँछ। अक्सिडेसन नहुनाले ग्रिन टीमा धेरै ‘पोलीफिनोल्स’ सुरक्षित हुने विश्वास गरिन्छ। जसले तौल घटाउन गरिने कसरत अनि ‘डाएट’ संगैसंगै काम गर्छ। दिउँसोको आरामको समय र बेलुकाको ध्यानको समयमा ग्रिन टीलाई निकै लाभदायक मानिन्छ। यो कम ‘एसिडिक’ हुने हुनाले पेटका अम्ल (एसिड) हरुलाई सफा गर्ने काम पनि गर्छ। शुद्ध अर्गानिक ग्रि टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई बढाउँछ। ब्ल्याक टीः यो चिया बनाउँदा फर्मेन्टेसन हुने भएकाले यसमा ग्रिन टीको जस्तो ‘एन्टीअक्सिडेन्ट’ पाइदैन। कफिमा पाइने क्याफिन ब्ल्याक टीमा पनि पाइन्छ, तर केही थोरै मात्रामा। क्याफिनले शरिरमा पानीको मात्रा कायम गर्न मद्धत गर्छ। साथै मष्तिष्कमा रगतको बहाव बढाउन मद्धत गर्छ अनि ब्याक्टेरियासंग ‘फाइट’ गर्ने एन्टीअक्सिडेन्टको कारणले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउँछ। ब्ल्याक टीले ध्यान अनि दिमाग केन्द्रित गर्न मद्धत पुर्याउँछ। ब्ल्याक टी र कफि बढी एसिडिक हुन्छ। तर मनतातो ब्ल्याक टीमा कागती राख्नाले शरिरलाई हानिकारक ती एसिड घुलाइदिन्छ। चिया बनाउँदा फरक फरक चियापत्ती एकै ठाँउमा प्रयोग गर्न हुदैन। पानीलाई अत्याधिक उमाल्न हुदैन। ग्रिन टीलाई अत्याधिक उमाल्दा त्यसबाट पाइने फाइदा लिन सकिदैन