मल्टिमिडिया अवार्ड जितेर श्रृंखला खतिवडा मिस वर्ल्डको फाइनलमा
काठमाडौं। मिस वर्ल्डको यात्रामा रहिरहेकी मिस नेपाल श्रृंखला खतिवडा टप ३० मा पर्न सफल भएकी छिन्। मिस मल्टिमिडिया अवार्ड जितेर उनी उत्कृष्ट ३० मा परेकी हुन्। यस् अघि उनी हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी थिईन्। पराजित भएसङै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेको भनेर धेरै नेपालीहरु निरास बनेका थिए। तर श्रृंखलाले सबैलाई आँफु उत्कृष्ट ३० मा पर्ने सम्भावना रहेको अाफ्नो सोसल मिडिया मार्फत जानकारी गराएकी थिईन्।
अंधेरी नगरी चौपटी राजा : नेपालको वास्तविकता
काठमाडौं। प्रसिद्द भारतीय साहित्यकार भारतेदु हरिचन्दको सर्वाधिक लोकप्रिय नाटक “अंधेरी नगरी चौपटी राजा” को नेपाली अनुवाद मंसिर ७ गते देखी अनामनगरको मण्डला थिएटरमा मञ्चन भईरहेको छ। उक्त भारतीय नाटकलाई पूर्ण रुपमा नेपाली परिवेशमा भावनुवाद गरिएको छ । नाटकका नेपाली अनुवाद निर्देशन भने संगित सापकोटा र आसिस घिमिरेले गरेका हुन्। नाटकको पहिलो मञ्चन दर्शकद्धारा एकदमै रुचाईेएकोले उक्त नाटक यो दोस्रोपटक मञ्चन गरिएको हो। नाटकलाई दुई भागमा बाँडिएको छ। पहिलो भागमा ‘अँधेरी नगरी’ का जनताको दिनचर्या देखाइएको छ भने दोस्रो भागमा चाहिँ ‘चौपट राजा’ को शासन शैलीमाथि व्यङ्ग्य हानिएको छ। नाटकले नेपालको हरेक क्षेत्रेको जातजातीलाई समेटेको छ। सुमधुर संगितबाट शुरु हुने नाटकले १ घण्टासम्म लगातार तपाईंलाई बेस्सरी हसाउँछ र बिस्तारै गम्भिर बनाउँदै लैजान्छ। १ घण्टा ३० मिनेटको उक्त नाटकले हास्य शैलीमा गम्भीर सन्देश बोकेको छ। गम्भीर बिषयलाई पनि हास्यशैलीमा प्रस्तुत गर्नसक्नु नाटकको सबल पक्ष रहेको छ। अल्छिपन र मुर्खताले निम्ताउने नतिजा र सासक कमजोर हुँदा जनताले खेप्नुपर्ने दु:खलाई नाटकले मुख्य बिषयको रुपमा उठाएको छ। नाटकले पदको लागि जे पनि गर्ने हाम्रा विवेकहीन नेताहरुलाई व्याङ्ग्यात्मक चोटीलो प्रहार गर्दै जुन जोगी आए पनि कानै चिरेको वास्तविकतालाई ठ्याक्कै उतारेको छ। नाटकको सबैभन्दा बलियो पक्ष उसको संगित रहेको छ। कथामा परिस्थिती अनुसार बज्ने समय प्रतिकुल धुनले हरेक भावनालाई उर्जागर गरेको छ। धुनले तपाईंलाई एकैछिनमा हसाउँछ भने एकैछिन मै तपाईंको मनलाई अमिलो बनाउँछ। संगितिक पाटोले नाटकलाई उच्च स्तरमा पुर्याउन मद्त गरेको छ र यस कुरालाई तपाईंले बुझ्न नाटक हेर्न जानै पर्छ। नाटकको अर्को सबल पक्ष भनेको कलाकारहरुको अभिनय रहेको छ। कलाकारहरुको अभिनय क्षमताले नाटकलाई पूर्ण रुपमा न्याय दिएको छ। क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनको प्रस्तुति रहेको यो नाटक मंसिर २२ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ । अतिरिक्त शो शनिबार १ बजे पनि राखीएको छ । नाटकमा जीवन भट्टराई, श्रवण राना, सञ्जित प्रताप मल्ल, स्लिम जीवन, आरजेश रेग्मी, सागर दाहाल,बारात लिम्बू, दीपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डेलगायतको अभिनय हेर्न सकिन्छ ।
सहयोग माग्दै घरघरमा अाउनेसँग होशियार ! माग्नेहरू चाेर हुन सक्छन्
चितवन। सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएका छैनन् ? यदी आएका छन् भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् । यहाँको एक दम्पति परिवारले पाउनु सम्मको सास्ती पाएका छन् । समयमै साबधानी अपनाउन नसक्दा दम्पति परुवारको २ लाख रुपैयाँ नगदसहित ७ लाख बराबरको धनमाल चोरी भएको छ । चितवन प्रहरीले यस्तै नाटकीय शैलीमा चोरी गर्ने ४ अभियुक्तहरुलाई शनिबार सार्वजनिक गरेको छ । गएको मंसिर ७ गते भरतपुर महानगरपालिका–८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा डाँका चोरी गरी फरार भएका तीन जना र उनीहरुको सामान खरिद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वर्डा नम्बर २ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वर्डा नम्बर ९ बस्ने बर्ष ५० को रामचन्द्र थापा, मकवानपुर राक्सिराङ्ग गाउँपलिका वर्डा नम्बर ८ बस्ने वर्ष ३२ को रामकुुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका वर्डा नम्बर ७ आग्रा चौबास बस्ने वर्ष ४८ को सन्तबहादुर थिङ र चितवन रत्ननगर नगरपालिका वर्डा नम्बर १० बस्ने बर्ष ३७ को कृष्ण ढकाललाइ प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका मध्य घटनाका मूख्य अभियुक्त भनिएका रामचन्द्र थापालाइ असइ सिताराम खतिवडाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पोखरा बसपार्क नारायणगढबाट, थिङलाई काठमाडौंको कलंकीबाट , मोक्तानलाई मकवानपुरको मनहरीबाट साथै ढकाल लाई आफ्नै पसलबाट पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार घट्नाका मुख्य योजनाकार थापा बिं.सं. ०६६ साल जेठ २७ गते राती चितवनको साविक कविलास गाविसस्थित घुमाउनेमा पेस्तोल देखाई धनमाल लुटिएको आरोपमा डाँका र हातहतियार खरखजाना मुद्धामा साँढे ७ वर्ष कारागार कार्यालय चितवनमा थुनामा बसी कैद भुक्त गरी छुटेका व्यक्ति हुन् । यस्तै, अर्का अभियुक्त रामकुमार मोक्तान भने मकवानपुरमा डाँका मुद्धामा २०६७ सालमा पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरी २०७२ सालमा छुटेका व्यक्ति हुन् । यस्तै, कृष्ण ढकाललाई प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका ढकालको साथबाट प्रहरीले १९ हजार ५ सय रुपैयाँ र सुनको सिक्री दुई थान, बेरुवा औंठी एक थान, मुन्द्रा २ जोर, लेडिज औंठी एक थान बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २० को दफा २४४ को अपदफा २ (घ) अनुसारको कसुर, दफा २४४ को उपदफा ३ (ख) बमोजिम ५ वर्षदेखि १० वर्ष सम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । पक्राउ परेका सबैलाई डाँका र चोरीमा मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ । यस अगाडि पनि चितवनमा यस्तै प्रकृतिको चोरी का घट्ना सार्वजनिक भएको थियो । गत असोज १२ गते माडी नगरपालिकामा पाहुना बनेर एक परिवार लुटिएका थिए । यस घटनाका आरोपित दुई पुरूष तत्कालै पक्राउ परी मुद्दा चलाइएकोमा हाल उनीहरु पुर्पक्षका लागि थुनामा कारागार चलान भएका छन् । गोपाल भनिने कालु परियार र हरि गोले पुर्पक्षका लागि थुनामा गएका छन् । असोज १२ गते शुक्रबार माडी नपा वडा नं ६, कल्याणपुर वडा कार्यालय नजिक भीमबहादुर सुनारको घरमा पाहुना बनेर करिब १५ तोला सुनका गरगहना, २ थान मोबाइल लुटेर राति नै फरार भएका थिए । यसरी लुटिए सुबेदी परिवार गएको मंसिर ७ गते बेलुका अन्दाजी ७ बजे भरतपुर महानगरपालिका ८ गौरीगञ्जस्थित तारानाथ सुवेदी स-परिवारका साथ घरमा खाना खाइरहेका हुन्छन् । त्यत्तिकैमा नाम, थर वतन खुल्न नसकेको , मुखमा मास्क लगाएको एक जना ब्राह्मण क्षेत्री जस्तो देखिने व्यक्ति, दुई जना मंगोलियन जस्तो देखिने युवाहरू सरासर छिर्छन् । त्यहाँ पुगेका उनीहरुले घरमुली तारा नाथलाइ प्रश्न राख्छन् तपाईहरुको घरमा को–को हुनुहुन्छ । सुबेदीले उनीहरुको कुनै प्रतिक्रिया जनाउदैनन् । त्यसपछि उनीहरुले सुबेदी परिवारलाई हामीलाई बचाइदिनुस्, हाम्रो पछाडी प्रहरी लागेको छ । सुरक्षा दिनुहोस् भन्दै हारगुहार गर्छन् । सुबेदी परिवार समेत उनीहरुको कुरालाई नकार्दैनन् । कहीँ कतै झगडा परेर सहयोग मागेका होलान् भनी उनीहरु लाई आश्रय र खाना समेत खुवाउन्छन् । तर, उनीहरु पछि चोर भएर निस्कन्छन् । घरमुली तारानाथ भन्छन्, ‘छोटो दिन हुँदा रात झम्मक भइसकेको थियो । तीन जना केटाहरु हस्याङफस्याङ गर्दै दौडिँदै आए । घरमा बूढीआमा, पाहुना, छोरी ज्वाइँ, भुराभुरी सबै थियौँ । साँझको बेलामा ज्यान जोगाइदिनुपर्यो भन्दै आएपछि हामीले पनि नाइँ भनेनौं । उनीहरुले १० बजेसम्म बसेर हामी निस्कन्छौँ भने । त्यसपछि हामीले बेलुकी खाना पकाएर दियौँ । एक जनाले खाना खाए । हामी सबै एउटै कोठामा बसेर गफ गर्दै थियौँ । वरपर सबैै चकमन्न भइसकेको थियो । त्यसक्रममा उनीहरुले चक्कु, हथौठा लगायत हतियारहरु देखाए । एकाएक हतियार देखाएपछि हामी अचम्मित भयौँ । हतियार देखाउँदै उनीहरुले तिमीहरुसँग नगद ५ लाख रुपैयाँ छ, त्यही लिन आएको हो , ले भने । म सँग जम्मा २ लाख मात्रै थियो । मैले २ लाख छ भनेँ । उनीहरुले जसरी पनि ५ लाख पुर्याइ लैजाने हो, के के छ निकाल भने । त्यसपछि घरमा भएको गरगहना, बहिनी ज्वाइँसँग भएको गहना र ना. ४१. प. २०७६ नम्बरको मोटरसाईकल समेत गरी ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल डाँका चोरी गरी फरार भए । प्रहरीले उनीहरुले लगेको मोटरसाईकल भोलिपल्टै भोजाडबाट नियन्त्रणमा लिईसकेको छ । लुटेराले जाने क्रममा रातीको अन्दाजी २ बजे हामीलाई भित्र राखेर चाबी लगाएर निस्के ।’ उनले भने । घटनाको अर्को दिन पीडित परिवारले प्रहरीलाई खबर गरेपछि मात्र घटनाको अनुसन्धान शुरु भएको थियो ।