भृकुटिमण्डपमा शुरू भयो तिज मेला, यस्ता छन् विशेषता(फोटोफिचर सहित)

  भृकुटिमण्डपमा सुरु भयो तिज मेला २०१८ काठमाडौं । ‘हामी सबै शिर्जनशिल महिलाको एउटै नारा। सिप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा ।’ भन्ने नारासहित महिला शिर्जनशिल केन्द्रको आयोजना तथा इभेन्टसंसार डटकमको व्यवस्थापनमा यहि भाद्र ७ गते विहिबारदेखि भृकुटिमण्डपमा १७औं तिज महोत्सव बृहत तिज व्यापार मेलाु शुरु भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाबाट उद्घाटन भएको यस मेलामा २०० वटा भन्दा बढि स्टलहरु राखिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाबाट मेलाकाे उद्घाटन यस मेलालाई जापानी प्रसिद्ध ब्राण्ड ‘मिनीसो’ ले प्रस्तुत गरेको छ भने डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजन तथा महिलाहरुले प्रयोग गर्ने सेफ्टि को सहकार्य रहेको छ । मेलामा १० भन्दा बढि स्टलहरु असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदि बहिनीहरुलाई निशुल्क उपलब्ध गराईएको छ । तिजका लागी सामान खरिद गर्दै महिला दिदी बहिनीहरु सन २००२ बाट महिला शिर्जनशिलता र उद्यमशिलता लाई प्रोत्साहन गर्ने उद्धेश्यले शुरु भएको तिज महोत्सव मेला यस पटक काठमाडौं केन्द्र भृकुटिमण्डपमा आयोजना भएको छ । मेलाको अवधिभर १,००,००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरेका छौं । महिला शिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले यस पटक ५ उत्कृष्ट व्यवसायलाई अवार्ड दिने प्रदान गरिने छ । लोक दोहोरी गायिका मिना ढकाल आफना ग्राहकहरुलाई तिज बिशेष सामान देखाउदै बृहत तिज व्यापार मेलाको विशेषताहरुः अवलोकनकर्ताहरुको लागी निशुल्क स्वास्थ्य शिविर । निशुल्क फोटो सुट । निशुल्क मेहेन्दि आर्ट । निशुल्क हेयर कटिङ्ग । लगायत हात खालि नजाने उपहारहरु राखिएको छ । हातमा मेहेन्दि लगाउदै एक महिला यस महोत्सवमा २५ रुपैयाँ प्रवेश शुल्क पनि राखिएको छ । यस बाट प्राप्त भएको ५० प्रतिशत रकम सामाजिक संस्थालाई प्रदान गरिने छ साथै दुर दराज वा रोगी बिरामी महिला दिदी बहिनीहरुलाई उपचार खर्चको रुपमा प्रदान गरीने छ । स्टलमा सामान मिलाउदै महिला व्यापारी  

इकार्डीकी श्रीमतिसँग म्यारोडोनाको रोमान्स्, यस्तो छ ट्रयाङगुलर लभ स्टोरी (भिडियोसहित)

काठमाडौं । अर्जेन्टिनाका महान खेलाडी डियोगो म्याराडोनाले अर्जेन्टिाइन मोडेल वान्डा नारासँग रोमान्स् गरेको खुलासा भएको छ । म्याराडोनाले सन् २००६ मै नारासँग एक होटलमा रात बिताएको अर्जेन्टिनाका टेलिभिजनले खुलासा गरेको हो । नारा २००६ अघि नै मोडल पेशामा रहेकी थिइन । त्यसै बेला म्याराडोनासँग ‘द कोस्टा गालान होटल’मा बसेको कुरा बाहिरिएपछि उनलाई टेलिभिजनले कार्याक्रममा प्रतिवन्ध लगाएको थियो । अर्जेन्टाइन टिभी स्टार मिर्था लेग्रान्डले भनेकी छिन् -‘म्याराडोना र नाराको लभ स्टोरी यसरी चर्कियो कि मैले कति दिन राम्ररी निदाउन सकिन ।’ लेग्रान्डले टिभी कार्यक्रम ‘ला नोचे डे र्मिथा’मा भनेकी छिन् -“नाराले मलाई आएर सोधिन मलाई किन कार्यक्रममा नबोलाएको ? मैले प्रतिक्रिया दिदैं भने जो म्याराडोनासँग रातभर बस्यो, म रातभर सुत्न सकिन किनभने शहरमा धेरै हो-हल्ला मच्चियो । उनीहरु गए तर के गरे त्यो मलाई थाहा छैन । तर त्यो सत्य हो । र म त्यसको म साक्षी हुँ ।” नारा पहिले बार्सिलोनाका पुर्व खेलाडी माछी लोपेससँग विवाह गरी तीन सन्तान जन्माएकी थिइन । लोपेजसँग सम्बन्धमा रहँदा रहदै इन्टरमिलानका माउरो इकार्डीसँग प्रृम सम्बन्धमा परे । लोपेजसँग सम्बन्ध विच्छेद गर्दै इकार्डीसँग विवाह गरेकी थिइन । यसपछि लोपेज र इकार्डीबिच सम्बन्ध बिग्रिएको थियो । लोपेज र इकार्डी दुबै इटालियन क्लबबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् । लोपेजले इकार्डी विरुद्धको खेलमा हात नमिलाएपछि उनीहरुबिच पानी बाराबारको सम्बन्ध रहेको स्पष्ट भएको छ । लोपेज र लियोनल मेसी बार्सिलोनामा सगसँगै खेल खेलेका थिए । लोपेजकै अनुरोधमा मेसीले इकार्डीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गर्न नमानेको समाचार बाहिर आएको थियो । हाल अर्जेन्टिनाका नयाँ प्रशिक्षक लियोनल स्कालोनीले इकार्डीलाई टोलीमा समावेस गरेपछि मेसी रिसाएको हुन सक्ने अनुमान गरिएको छ । आगामी सेप्टेम्बर अमेरिकाको लस एन्जलसमा हुने ग्वागेमाला विरुद्ध हुने खेलमा मेसी सहित सर्जियो अग्युइरोलाई आराम दिइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  

दैनिक छालाको केयरमा ध्यान दिए मेकअपको हानिकारक प्रभावबाट बच्न सकिन्छ

फुरदिकी शेर्पा, ब्युटीसीयन तथा मेकअप आर्टिस्ट काठमाडौं। आजको समयमा आएर सुन्दर देखिनु मानिसहरुको एउटा चाहना भएको छ। सुन्दरता बढाउनको लागि मेकअप गर्नु सामान्य जस्तै भइसक्यो। शायद अब आफ्नो अनुहारमा मेकअप नगर्ने मान्छे बिरलै भेटिछन्। मानिसहरु मेकअप त गर्छन् तर आफ्नो छालालाई मेकअपले कस्तो असर गरिरहेको छ भन्ने कुरा त्यती वास्ता गर्दैनन। यसो गर्नाले छालामा निकै ठूलो समस्या देखिन सक्छ । तर, छालाको सुरक्षामा ध्यान दिएर मेकअप गर्ने हो भने यस्तो खतराबाट जोगिन सक्नुहुन्छ । दैनिक छालाको केयरमा केही टिप्स अपनाए मेकअपको हानिकारक प्रभावबाट छालालाई जोगाउन सक्नुहुन्छ। स्किनको प्रकार चिनेर प्रडक्ट प्रयोग गर्ने हामीले हाम्रो आफ्नो स्किन टाईपस हरु छुटाएर त्यही अनुरुप स्किन गर्यौ भने राम्रो हुन्छ। छाला अनुसारको प्रोडक्ट प्रयोग नगर्दा छालालाई नकरात्मक असर पर्न सक्छ त्यसैले सबैभन्दा पहिले आफ्नो छालाको प्रकार चिन्न जरुरी छ। सामान्य,चिल्लो, ड्राई , सेन्सिटिभ, हाईड्रेटेड, डिहाईट्रेटेड, मेट्युर स्किन, कम्बिनेसन स्किन यि सात वटा स्किनको प्रकार चिनेर आफ्नो स्किन अनुसारको प्रडक्ट प्रयोग गरे स्किन एकदम राम्रो हुन जान्छ। मुख जहिले पनि सफा पानीले धुने हाम्रो छालालाई स्वस्थ राख्नलाई यो अर्को महत्वोपूर्ण कुरा हो। मेकअप गर्नुभन्दा अगाडी जहिले पनि हामीले राम्रोसँग सफा पानीले मुख धुन पर्छ। छालामा भएको सबै फोहोर सफा गरेर मात्र किमहरु प्रयोग गर्नुपर्छ। चिल्लो छाला भएको ब्यक्तीहरुले फेसवासको प्रयोग गर्ने र ड्राइ स्किन छ भने क्लिन्जिङ र सामान्य र सुक्खा छाला भएको ब्यक्तीहरुले सफा पानीले मात्रा धुए हुन्छ। सबै प्रकारको छालाले फेस वास प्रयोग गर्न सक्छन्। सस्तो पायो भन्दैमा जुन पनि मेकअप प्रडक्ट प्रयोग नगर्ने हामीले सस्तो पायो भन्दैमा जे पनि किन्नु हुँदैन। आफ्नो छालालाई उक्त प्रडक्टले असर गर्छ कि गर्दैन भन्ने कुरामा पनि हामीले एकदम ध्यान दिन जरुरी हुन्छ। सस्तो प्रडक्टले एक दुई दिन राम्रो गरे पनि लामो समयमा यसले छालालाई नराम्रो असर गर्नेसक्छ। कति प्रडक्टहरुमा त अझै कहिले बनेको भनेर पनि लेखिएको हुँदैन। हेर्दा सक्कली जस्तै देखिए पनि सस्तो मेकअप प्रडक्ट बन्न प्रयोग भेएको केमिकलनै नराम्रो हुनेगर्छ। तर यसको मतल सबै सस्तो प्रडक्ट नराम्रो हुन्छ र सबै महङो राम्रो हुन्छ भन्ने होईन। छालालाई सुहाउँदो प्रडक्ट चिन्न सके सस्तो र महँगोमा त्यती फरक पर्न जाँदैन जस्तो लाग्छ मलाई। सनब्लक क्रिमको प्रयोग गर्ने जाडो होस् या गर्मी, घरभित्र रहनुहोस् या बाहिर जानुपर्ने होस्, तपाईंलाई सनब्लक अत्यावश्यक हुन्छ । कतिपयको बुझाइ छ, बाहिर घाममा ननिस्किने भएपछि कोठाभित्र त सूर्यको किरणले कुनै असर गर्दैन । तर, यो बुझाइ गलत हो । कोठाभित्र पनि रिफ्लेक्सन या विभिन्न माध्यमबाट सूर्यको किरण छिरेको हुन्छ । त्यसैले छालाको प्रकृति र मौसमअनुसार सनब्लक क्रिम लगाउनुपर्छ । मोस्टराईजरको प्रयोग गर्ने दिनहुँ मेकअप गर्नुहुन्छ भने तपाईंले छालालाई मोस्चराइज राख्न आवश्यक पर्छ । दिनका लागि मोस्चराइजर डे प्रयोग गर्दा राम्रो हुन्छ।. मोस्चराइज भएको छालामा मेकअप पनि नेचुरल देखिन्छ । छालामा फाउन्डेसनले पार्न सक्ने असरलाई पनि मोस्चराइजरले जोगाउँछ । राम्रो एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) क्रिम लगाउनुहोला। यो क्रिमले घामको हानिकारक किरणबाट छालालाई जोगाउँछ। आईक्रिमको प्रयोग गर्ने आँखामुनिको छाला निकै संवेदनशील र पातलो हुन्छ । यसकारण यहाँ बढी हाइड्रेसन आवश्यक पर्छ । यसकारण मेकअप गर्नुअघि आई क्रिम लगाउने गर्नुहोस् । आई क्रिम बजारमा सर्बत्र उपलब्ध हुन्छ । मेकअप जहिले पनि राम्रोसँग धुने सुत्नुअघि जहिल्यै मेकअप हटाउन अल्छी नगर्नुहोला । किनभने  जब लामो समयसम्म छालामै मेकअप रहन्छ, छालामा मेकअपको असर त्यो अवस्थामा बढी पर्नजान्छ। । पुरानो मेकअप सफा नगरी त्यहीँमाथि नयाँ मेकअप थप्नु झन् हानिकारक हुन्छ । बेलुका हेभी मकेअप गर्नुभएको छ भने क्लिन्जिङ-टोनिङ-मोस्टराईजिङ गर्नुहोस्। यसो गर्दा मकेअप क्लिन हुन को साथै स्किन पनि राम्रो हुन्छ। हामीले मकेअप गर्नुभन्दा अगाडी पनि येहि प्रकृया  गरे स्किन भने राम्रो हुन्छ। नाईट क्रिमको प्रयोग गर्ने सूर्यको हानिकारक किरणका कारण छालामा परेको नोक्सानबाट बचाउन छालालाई नाइट क्रिमको आवश्यक पर्छ । नाइट क्रिमले मेकअपको हानिकारक प्रभावबाट पनि छालालाई सुरक्षित राख्छ । नाइटका लागि केही आयली मोस्चराइजर हुन्छ । आँखामुनि डार्क सर्कल छ भने आई क्रिम मोस्चराइजर पाइन्छ ।