२ खेलमै २ ट्रफ्री जितेपछि मेसीले भने-‘म धेरै लक्की क्याप्टेन’ (भिडियोसहित)
काठमाडौं । बार्सिलोनाको स्टार स्ट्राइकर लियोनल मेसीले कप्तान बनेको २ खेलमै २ ट्रफ्रि जितेपछि आफु भाग्यमानी कप्तान भएको बताएका छन् । बुधबार राती अर्जेन्टिनाकै क्लब बोका जुनियरलाई हराउँदै ग्याम्पर ट्रफ्रि जितेपछि मेसीले आफु बार्सिलोनामा धेरै भाग्यमानी खेलाडी भएको बताएका हुन् । उनले ८० हजार दर्शकमाझ भने-“म बार्सिलोनाको क्याप्टेन बनेकोमा धेरै गर्व गरेको छु । मलाई राम्ररी थाहा छ बार्सिलोनाको क्याप्टेन बन्नु भनेको कस्तो जिम्मेवारी लिनु हो । मैले आफुलाई धेरै भाग्यमानी ठानेको छु, बार्सिलोनाको महत्वपुर्ण जिम्मेवारी लिन पाएकोमा, जस्तै कार्लोस पोयुल, जाभी र इनिस्टा । यो सिजन उनीहरुलाई म धेरै सम्झिन्छु । ” बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा भएको खेलमा बोका जुनियरलाई ३ ० को नतिजाले हराएको हो । जितको लागी मेसी,म्कलम र राफिन्हाले गोल गरेका थिए । एक साता अघि मात्रै बार्सिलोनाले सेभिल्लालाई हराउँदै स्पेनिस सुपर कप जितेको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
४.१२ बिलियन डलर सहित युनाइटेड सर्वाधिक धनि क्लब, रियल र बार्सिलोनाको बजार मूल्य कति ?
काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेट विश्वकै सर्वाधिक धनि क्लब बनेको छ । अमेरिकन पत्रिका फोर्स म्यागेजिनले गरेको सर्वेक्षणमा युनाइटेडको बजार मूल्य सबैभन्दा बढी रहेको हो । ११६ वर्ष अघि स्थापना भएको युनाइटेडको बजार मूल्य हाल ४.१२ बिलियन अमेरिकन डलर रहेको छ । २० पटक इंग्लिस प्रिमियर लिग र ३ पटक च्याम्पियान्स लिग जितेको युनाइटेडको वल्ड ट्रार्फोडमा ७५ हजार जना क्षमताको स्टेडियम रहेको छ, भने विभिन्न क्षेत्रमा लगानी गरेको छ । दोस्रो स्थानमा स्पेनिस क्लब रियल म्याड्रिड रहेको छ । जसको बजार मूल्य ४.०८ बिलियन डलर रहेको छ । यस्तैगरी स्पेनिस क्लब बार्सिलोना तेस्रो स्थानमा परेको छ । उसको बजार मूल्य ४.०६ बिलियन डलर रहेको छ । ३.०६ बिलियन डलर सहित जर्मन क्लब चौथो स्थानमा रहेको छ भने इंग्लिस क्लब म्यान्चेस्टर सिटी पाचौं स्थानमा रहेको छ । एयरलाइन्स कम्पनी इतिहाडको स्वामित्व रहेको सिटीको बजार मूल्य २.४७ बिलियन डलर रहेको छ । सिटीलाई सबैभन्दा आर्थिक रुपले बलियो क्लबको रुपमा पनि हेरिएको छ । यस्तै २.२३ बिलियन डलर सहित आर्सनल छैटौं, २.०६ बिलियन डलर सहित चेल्सी सातौं, १.९४ बिलियन डलर सहित लिभरपुल आठौं, १.४७ बिलियन डलर सहित इटालियन क्लब नवौं स्थानमा रहेको छ भने इंग्लिस क्लब टोटेनहम हस्टपुर दशौं स्थानमा रहेको छ । उसको बजार मूल्य १.२३ बिलियन डलर रहेको छ । पछिल्लो समय युरोपमा फुटबलले उत्कृस्ट व्यवसायिक सफलता हात पार्दै गैरहेको छ ।
वृज सिमेन्टद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५०० जनाले गराए स्वास्थ्य परिक्षण
काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले साउनको अन्तिम सोमबार(आज) सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ । सिमेन्टले लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, दिर्घायु गुरु हस्पिटल एण्ड रिर्सच सेन्टर, चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरेको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई १०० जना विभिन्न स्वयंमसेवकहरुद्धारा ८ स्थानमा सेवा प्रदान गरिएको थियाे । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । उक्त स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरका अनुसार करीब २५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए । साउनको सोमबार महादेबको विभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेब हलेशी लगायत देशभरका विभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । वृज सिमेन्टले आफ्नो कम्पनीको वार्षिक कार्यक्रम अन्र्तगत सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका बताएको छ ।