न्यायाधिश चोलेन्द्रशम्शेरले गरे प्रधानन्यायाधिश पराजुलीलाई बहिष्कार
काठमाडौं । प्रधानन्ययाधीश गोपालप्रसाद पराजुलीको पुर्ण इजलास न्यायाधिश चोलेन्द्रशम्शेर जबराले बहिष्कार गरेका छन् । न्यायाधिश राणाले प्रधानन्यायधिश पराजुलीको अवकास गत साउनमै भएको दावी गर्दै सोमबार पुर्ण इजलास बहिष्कार गरेका हुन् । प्रधानन्यायाधिशको इजालस न्यायाधिशले बहिष्कार गरेको नेपालको इतिहासमा संभवत यो पहिलो घटना हो । प्रधानन्यायाधिश पराजुलीले कान्तिपुर पब्लिकेशन र प्रा.डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धित मुद्दा आफनोू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए पुर्ण इजलासमा थिए । अवकास पाइसकेका प्रधानन्यायाधिशसंग मुद्दा नहेर्ने भन्दै उनले इजलाससमेत बहिस्कार गरेपछि स्थगित भएको छ । प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेपछि पत्ता लागेको न्यायाधिश राणाले बताए । तर पराजुली आगामी बैशाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।
१ करोड लागतमा कृत्रिम घाँसेमैदान निर्माण शुरु
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम जिल्लाको भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण शुरु भएको छ । जिल्ला फुटबल संघको पहलमा सुनवल नगरपालिका–१२, भूमहीस्थित रामनगर एकेडेमीको जग्गामा निर्माण हुने सो मैदान रु एक करोडको लागतमा सम्पन्न हुने अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी दिए ।-रासस
नेपालको गतिलो सुरुवात, अफगान विरुद्ध खड्काको ७५ रन प्रहार
काठमाडौं । नेपालले विश्वकप क्रिकेट टनोटको तेस्रो खेलमा गतिलो सुरुवात गरेको छ । नेपालले हाल अफगानस्थान विरुद्ध ३० ओभरमा १११ रन बनाएर खेलिरहेको छ । नेपाली टीम कप्तान पारस खड्का ८२ बलबाट ७५ रन बनाउँदै आउट भएका छन् । ा ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भएका छन् ।