माउरिन्होको प्रक्षेपण: अन्तिम ८ काे लागि उरुग्वे भर्सेस पोर्चुगल, ब्राजिल भर्सेस मेक्सिको भिड्ने

काठमाडौं । इग्लिंस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अन्तिम ८ का लागि उरुगवे भर्सेस पोर्चुगल र ब्राजिल भर्सेस मेक्सिको पर्ने दाबी गरेका छन् । स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै माउरिन्होले अन्तिम १६ मा पुग्ने देशहरुको भविस्यवाणी गरेका हुन् । उनले ग्रुप ‘ए’ बाट उरुग्वे र इजिप्ट, ‘बी’ बाट स्पेन र पोर्चुगल, ‘सी’ बाट फ्रान्स र अस्ट्रेलिया, ‘डी’ बाट अर्जेन्टिना र नाइजेरिया अन्तिम १६ मा पुग्ने बताएका छन् । यस्तै समुह ‘ई’बाट ब्राजिल र स्वीजरल्यान्ड, ‘एफ’बाट जर्मनी र मेक्सिको, ‘जी’बाट बेल्जियम र इंग्ल्यान्ड र समुह ‘ए’फबाट सेनेगल र पोल्यान्ड छनोट हुने बताएका छन् । उनले ग्रप एच का सेनेगल र पोल्यान्डले उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरेका छन्

विश्वकप खेल्ने १० उत्कृष्ट जर्सी, नाइजेरिया पहिलो ब्राजिल र अर्जेन्टिना कति औं स्थानमा ?

काठमाडौं । विश्व फुटबलको महाकुम्भ सुरु हुन ७ दिन मात्रै बाँकी रहदाँ विश्व फुटबल समर्थक यति बेला मनपर्ने देशको जर्सी किन्नमा व्यस्त रहेका छन् । यसैबीच स्पेनिस अनलाइन मार्काले गरेको अध्ययनमा नाइजेरियाको जर्सी नम्बरमा परेकाे  छ । अनलाइन भोटिङको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै भोट नाइजेरियाको जर्सीले पाएको हो । कालो हरियो रंग मिसिएको सो जर्सी लोकप्रिय बनेको हो । यसैगरी गाढा निलो रंगमा रहेको फ्रान्सको जर्सी २ नम्बरमा परेको छ । रातो सेतो रंगको कोठा रहेको क्रोयोसियाको जर्सी ३ नम्बरमा परेको छ । चार पटककको विश्व विजेता जर्मनीको जर्सी चौथो स्थानमा परेको छ । सेतो कलरमा रहको इरानको जर्सी ५ नम्बरमा परेको छ । रातो कलरमा रहेको युरोकप विजेता पोर्चुगलको जर्सी छैंटौ नम्बरमा परेको छ । सेतो कलरमा रातो निलो कलर रहेको दक्षिण कोरियाको जर्सी ७ औं स्थानमा परेको छ । आकाशे र सेतो कलरको धर्को रहेको अर्जेन्टिनाको जर्सी ८ औं नम्बरमा परेको छ । सेतो र निलो रंगमा रहेको आइल्याण्डको जर्सी ९ औं स्थानमा परेको छ ।   ५ पटक विश्व विजेता बनेको ब्राजिलको पहेँलो रंगको जर्सी १० नम्बरमा परेको छ।

एलजीद्धारा मास्टर्स अफ फुटबल कार्यक्रम आयोजना

काठमाडौं । एलजीले मिनभवनमा रहेको एलजी सप्पि मेगा स्टोरमा मास्टर्स अफ फुटबल कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा एलजीले नेपालका चर्चित खेलाडी र अहिले नेपाल नेशनल टिमका कोच राजु काजी शाक्यका साथै आफ्ना ग्राहकहरुलाई पनि आमन्त्रित गरेको थियो । यहि अवसरमा त्यहाँ आमन्त्रित ग्राहकहरुले आफ्ना प्रिय खेलाडीसँग अर्न्तक्रिया पनि गरेको थिए र सँगै बसेर वर्ल्ड कपको क्लासिक म्याचेज पनि हेरेका थिए । वर्ल्ड कपसँग नेपालका लोकप्रिय खेलाडिलाई सम्झिएर उनीहरुलाई सम्मान गर्ने योजना रहेको छ । शो जस्तै कार्यक्रम एलजीले नेपाल अधिराज्य भरि गर्ने योजना रहेको छ ।