तपाईंले फोन उठाउँदा भन्ने ‘हेल्लो’ शब्द कसरी विकास भयो, थाहा पाउनुहोस रोचक जानकारी

एटी एन्ड टी प्रमोशनल फिल्म (१९२६) मा अलेक्ज्याण्डर ग्राहम बेलको चित्रण गर्दै अभिनेता एजेन्सी । अहिलेको समयमा झण्डै सबैजसो मानिसहरुले आफ्नो साथमा मोबाइल फोन बोकिरहेका हुन्छन् । तपाईंको मोबाइलमा कसैको फोन आयो वा तपाईंले गर्नुभयो भने तपाईंले ‘हेल्लो’ शब्द पहिला उच्चारण गर्नुहुन्छ । के तपाईंले कहिल्यै सोच्नुभएको छ की हामीले जहिल्यै फोन उठाउँदा वा गर्दा भनिने हेल्लो किन भन्छौं भन्ने कुरा ? ‘हेल्लो’ शब्दका पछाडि भएका रोचक तथ्य जानौं । अक्सफोर्ड शब्दकोशका अनुसार ‘हेल्लो’ शब्द पुरानो जर्मन शब्द ‘होला’बाट आएको हो । ‘होला’ अर्थ ‘के छ’ भन्ने हुन्छ । यो शब्दमा समयक्रमसँगै परिवर्तन आएर ई.सं. १३०० मा कवि चौसरको समयसम्म आउँदा ‘हालो’ बनेको थियो । त्यस्तै अर्का कवि शेक्सपियरको समयसम्म आउँदा यो शब्द ‘हालु’ बनेको थियो । त्यसपछि पनि यो शब्दमा निरन्तर परिवर्तन आउने क्रम जारी रह्यो । फोन उठाउने वित्तिकै ‘हेल्लो’ भन्ने चलन टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहमबेलले गरेको भन्ने कथन चर्चित रहेको छ । तर, सो तर्कमा सत्यता नभएको अर्को तर्क पनि उत्तिकै बलियो रुपमा पेश भएको पाइन्छ । वैज्ञानिक ग्राहम बेलले टेलिफोन निर्माण गरिसकेपछि आफ्नी प्रेमिका ‘मार्गरेट हेल्लो’ लाई पहिलो फोन गरेका थिए र सो समयमा उनले पहिला हेल्लो भनेका कारण हेल्लो शब्द टेलिफोन संवादमा प्रचलनमा आएको हो भन्ने गरिन्छ । तर, तथ्यहरुले के देखाउँछन भने ग्राहम बेलकी प्रेमिकाको नाम ‘मार्गरेट हेल्लो’ नै थिएन । उनको प्रेमिकाको नाम मेबेल हवार्ड थियो, जोसँग उनको विवाह समेत भएको थियो । साथै इतिहासमा यो पनि उल्लेख गरिएको छ की टेलिफोन निर्माण गरिसकेपछि वैज्ञानिक ग्रामबेलले सबैभन्दा पहिला उनको सहयोगीलाई फोन गरेका थिए । त्यतिबेला उनले हेल्लो नभनेर ‘य–होई’ भनेका थिए । सोसँगै सोही शब्द नै पछि टेलिफोन संवादमा प्रयोग हुन थाल्यो । टेलिफोनको आविष्कारपछि विस्तारै यसको आम प्रयोग बढ्न थाल्यो । फोनको आम प्रयोगमा मानिसहरुले शुरुको बोलीमा ‘आर यु दियर ?’ अर्थात तपाईं त्यहाँ हुनुहुन्छ ? अथवा तपाईंले मैले बोलेको सुन्दै हुनुहुन्छ भन्ने अर्थ लगाइन्थ्यो । तर, पछि टेलिफोन संवादमा ‘हेल्लो’ले स्थान लिएपछि ‘आर यु दियर’को प्रयोग हट्न पुग्यो । कसरी प्रयोगमा आयो ‘हेल्लो’ शब्दको प्रयोग ? ‘हेल्लो’ शब्द सबैभन्दा पहिला सन् १८३३ मा लिखित रुपमा प्रयोग भएको थियो । यो शब्द सन् १८८७ मा पहिलो पटक अर्का वैज्ञानिक थोमस अल्वा एडिसनले प्रयोगमा ल्याएका थिए, त्यसपछि अहिलेसम्म टेलिफोन संवादको क्रममा निरन्तर प्रयोगमा आएको छ । एडिसनले सन् १८७७ मा पिटस्बर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथलाई पत्र लेखेर टेलिफोन संवादमा ‘हेल्लो’ बोल्नुपर्ने प्रस्ताव गरेका थिए । उनकै सोही प्रस्ताव पछि प्रयोगमा आएको थियो, जसलाई आज हामीले प्रयोग गरिरहेका छौं । एजेन्सीहरुको सहयोगमा ।

अमेरिकालाई टाउको दुखाई : चिनियाँ एप टिकटक पछि अमेरिकामा क्यापकट लोकप्रिय

काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सको एप टिकटक अमेरिकामा निकै चर्चित एप मध्ये पर्छ । वाल स्ट्रिट जर्नलका अनुसार पछिल्लो समयमा अर्को चाइनिज एप क्यापकट पनि अमेरिकामा निकै चर्चित भएको छ । जुन एप पनि चिनियाँ कम्पनी बाइटडान्सकै उत्पादन हो । चिनियाँ प्रविधि तथा कम्पनीलाई नियन्त्रण गर्न खोजिरहेको अमेरिकाका लागि एकपछि अर्को चिनियाँ एप लोकप्रिय हुँदा टाउको दुखाइको विषय बनेको छ । क्याप कट एपले भिडियो इडिटिङ गर्न सहयोग गर्छ, पछिल्लो समयमा अमेरिकामा यो एप टिकटक भन्दा धेरै डाउनलोड गरिएको वाल स्ट्रिट जर्नलले समाचारमा उल्लेख गरेको छ । प्रयोगकर्ताहरुको डाटा चिनसमक्ष पुगेको भन्दै टिकटकले अमेरिकामा निकै चुनौती सामना गरिरहेको छ । क्यापकटले मानिसहरुलाई भिडियो इडिटिङ गर्दा धेरै टेम्पलेट, फिल्टर, भिडियो इफेक्ट र गित संगित पनि सजिलोसँग प्रयोग गर्न सक्ने विकल्प उपलब्ध गराएको छ, जसको माध्यमबाट साना भिडियो क्लिपहरु बनाउन व्यवसायिक रुपमा प्रयोग गर्न समेत सहयोग पुर्याउँछ । पछिल्लो हप्तामा अमेरिकामा फेसबुक प्रयोगकर्ताहरुको दर घट्न समेत पुगेको छ । जसको कारण चिनियाँ एपहरु भएको अनुमान गरिएको छ । सन् २०२० मा सार्वजनिक भएको क्यापकट एप अहिले मासिक दुई सय मिलियन मानिसहरुले डाउनलोड गर्ने गरेका छन् भने विश्वव्यापी रुपमा यसको प्रयोगकर्ता १ बिलियन भन्दा माथि पुगिसकेको छ । क्यापकटले अमेरिकी सुरक्षा नियमनलाई वेवास्ता गरेको भनिएको छ । बाइडेन प्रशासनले टिकटकलाई बेच्न वा यसमा प्रतिवन्धको सामना गर्न चिनियाँ कम्पनीलाई चेतावनी दिएको छ । शुक्रबार प्रकाशित एक जर्नलले चिनियाँ एप टिकटकले अमेरिकी पत्रकारहरुको निगरानी गरिरहेको उल्लेख गरेको छ । क्यापकटले पनि प्रयोगकर्ताको उमेर, लोकेसन र लिंग माग्ने गर्छ । बाइटडान्सले क्यापकटको डाटा अमेरिका सिंगापुरमा स्टोरेज हुने उल्लेख गरेको छ ।

दराजद्वारा सामसुङ ग्यालेक्सी एम०४ डेलिभरी सुरु

काठमाडौं । मार्च १३ देखी मार्च १७ सम्मको प्रि-अर्डर अवधिपछी दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी सिधै घरमा प्राप्त गर्न सक्ने जनाइएको छ । सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा एक टिबी सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ । त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पि३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५००० एमएएच ब्याट्री र १६.५५ सेमी ९६.५ इन्च एचडी प्लसको डिस्प्ले रहेको छ । सामसुङ ग्यालेक्सी एम०४ को अर्को आकर्षक विशेषता भनेको एक , यसको र्यामलाई विस्तार गरेर भर्चुअल मार्फत ८ जिबी सम्म बढाउन सकिन्छ । यस मूल्य दायराभित्र उल्लेखित बिशेषताको स्मार्टफोनहरु बिरलै पाईन्छ र क्षमताको हिसाबमा हेर्ने हो भने पनि किफायती मुल्यमा खरिद गर्न चाहनेहरुको लागि यो स्मार्टफोन उत्तम छ । सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ र ४/१२८ जिबीमा प्राप्त गर्न सकिन्छ र यसको मूल्य १५,४९९ र १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा तपाईंहरुले यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सकिन्छ ्र सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरूमा सी ग्लास ग्रीन र शैडो ब्लूमा उपलब्ध रहेको छ।