अबैध अन्तर्राष्ट्रिय कलमा संलग्न युवक पक्राउ
काठमाडाैं । गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गर्ने युवक पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरोले भक्तपुरका हरि शंकर श्रेष्ठलाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं उपत्यकाकाबिभिन्नस्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजतलास गरी छापा समेत मारी काठमाण्डौं जिल्लाको वडा नं. २२ खिचापोखरी स्थित एक सहकारी संस्था रहेको भवनमा अवैध रुपमा संचालन गरी रहेको अवस्थामा फेला पारी पक्राउ गरेके हो । उनीबाट ८ पोर्टको (भिओआइपी) उपकरण , ८ थान एनसीएलका सिम कार्ड, एक थान चार्जर सहित पक्राउ गरेको हो । उनी माथि दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको बताइएको छ । साथै केन्द्रिय अनुसन्धान ब्युरोले हालसम्म १ सय ७० जना अवैध भिओआइपी सञ्चालन गर्नेलाई कारवाही गरेको छ । उनीहरुबाट १२ अर्ब २० करोड ५२ लाख ३२ हजार रुपैयाँ बिगो मागदावी गरी अदालतमा मुद्दा दायर गरेको छ ।
रिचार्ज र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न टेलिकमको नयाँ व्यवस्था, अब कसरी गर्ने ?
काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएकाे छ । टेलिकमका अनुसार यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ । कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टपअप(रिचार्ज) यूएसएसडी कोड प्रयोग गरी सजिलै गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी, नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फष्र्ट कल एक्टिभेसन(एफसीए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ । नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट मार्फत टपअप(रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको (रिचार्ज) समेत थप सहज रुपले गर्न सकिने कम्पनीको अपेक्षा रहेको छ । सम्बन्धित समाचारः मोबाइलमा रिचार्ज गर्ने बित्तिकै सरकारले लिन थाल्यो २ प्रतिशत रकम
मोबाइलमा रिचार्ज गर्ने बित्तिकै सरकारले लिन थाल्यो २ प्रतिशत रकम
काठमाडौं । अब सीम कार्डमा रिचार्ज गर्ने बित्तिकै २ प्रतिशत शुल्क काटिने भएको छ । नेपाल टेलिकमको पोस्ट पेड र प्रिपेड सिमकार्ड खरिद गर्दा तथा मोवाइल र टेलिफोनको रिचार्ज गर्दा लाग्ने स्वामित्व शुल्कमा हेरफेर गर्दै सो व्यवस्था गरेको हो । नेपाल टेलिकमले दिएको जानकारी अनुसार अब पोस्ट पेड र प्रिपेड सिमकार्डमा रिचार्ज गर्दा (ओनरसिप चार्ज) काटिने भएको हो । यो भन्दा अगाडि प्रिपेड सिमकार्डमा मात्र शुल्क लिने गरेको थियो । अब भने दुवै सिमकार्डमा शुल्क काटिनेछ । नेपाल टेलिकमा प्रवक्ता राजेश जोशीका अनुसार टेलिकमले ग्राहकको माग अनुुसार शुल्कमा हेरफेर गर्दै आएको र अहिलेको आवश्यकता अनुसार टेलिकमले पोस्ट पेड सिम कार्डमा यस्तो व्यवस्था ल्याएको हो । ‘हामीले ग्राहकहरुको माग अनुसार विभिन्न सेवा सुविधा ल्याउदै आएका छाैं, अहिले पोस्ट पेडको खरिद तथा रिचार्ज शुल्कमा हेरफेर गरिएको छ, प्रि–पेड मोवाइलको हकमा भने पहिलेको व्यवस्था नै कायम रहनेछ’, उनले भने । टेलिकमले पोस्ट पेडको नयाँ सिम कार्ड खरिद गर्दा लाग्ने २ प्रतिशत शुल्क भने अब बुझाउनु नपर्ने जनाएको छ ।