आधुनिक प्रविधिको इन्टरनेट फोर–जी सेवा दिँदै टेलिकम, पुस १७ देखि काठमाडौं र पोखरामा एकैपल्ट सुरु
काठमाडौं ४, पुस । नेपाल टेलिकमले पुस १७ गते देखि पोखरा र काठमाडौँमा फोर जी मोबाइल सेवा दिने भएको छ ।टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुसार पोखारामा फोर जी सेवा विस्तार गर्न हार्डवेयर र सफ्टवेयर थप्ने प्राविधिकहरु आइसकेका छन् । ‘पुस १७ देखि परीक्षणको रुपमा पोखरा र काठमाडौँमा फोर जी सेवा सुरु गर्दैछौँ,’ शाक्यले भने । उनका अनुसार प्राविधिकले बिटिएस टावरमा प्रविधि थप्नेछन् ।उनका अनुार काठमाडौँका बिटिएस टावरमा आवश्यक प्रविधि जडान भइसकेको छ । पहिलो चरणमा पोखरामा २५ हजार तथा काठमाडौँका ३ लाख ७५ हजारले फोर जी सेवा पाउन सक्नेछन् । नेपालमा ४ लाख जनासँग फोरजी सेवा लिन सक्ने मोवाइल रहेको टेलिकमले जनाएको छ । नागरिक दैनिकबाट ।
एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा, विश्वका ५० देशमा रोमिङ् डेटा प्याक चल्ने
काठमाडौंं, मंसिर ३० । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई नयाँ सेवा ल्याएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रति एमबिसम्मको शुल्कमा डेटाको मज्जालिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ । यी सेवाहरु यहि पुस १ गते शुक्रबारदेखि लागू हुनेछन् । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम.बि. डेटा र रु ५००० मा १ जिबि डेटा खरिद गर्न सक्नेछन् । त्यसैगरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जालिन सक्छन् । यी सेवा अन्तर्गतका सबै शुल्क करसहित भएको एनसेलले जनाएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकभारत, चीन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढी देशमा लागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुने एनसेलले जनाएको छ । एनसेलकाप्रिपेड तथापोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलकाप्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ माएसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमागई वाआफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सातदिनको लागि मान्य हुने कम्पनीले जनाएको छ । रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलकाग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जालिन सक्नेछन् । यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरि रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् । आठ घण्टाको समयावधिपश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्क लाग्नेछ । ‘‘ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको हो ।यी सेवाहरुले रोमिङ्मा रहने हाम्राग्राहकलाई आफ्ना परिवार, प्रियजनतथाव्यवसायसँग सम्पर्कमा रहन योगदान पु¥याई थपमुल्यप्रदानगर्ने विश्वास छ,” एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । आफ्नो संचार आवश्यकताबमोजिमग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याकलिन सक्छन् । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकम ाकति डेटा बाँकी छ भनेर हेर्न सक्छन् । यो प्याकमा स्वतःनविकरण हुने व्यवस्था रहेको छैन ।
अब नेपालमै मोवाइल उत्पादन हुने, लेमन ब्राण्डको मोवाइलको प्लान्ट चितवनमा राख्ने तयारी
काठमाडौं, २९ मंसिर। अब नेपालमै मोवाइस सेटको उत्पादन हुने भएको छ। भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसनले नेपाली व्यवसायीसँग सहकार्य गरेर मोबाइल सेट उत्पादन गर्ने भएको हो। फासट्रयाकले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिसँग चितवनमा प्लान्ट स्थापना गरेर मोवाइलउत्पादन गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरेका छन् । चौगले आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताए । काठमाडौँ वा चितवनमध्ये एक ठाउँमा उद्योग स्थापनाका लागि अध्ययन भइरहेको शर्माले बताए । सन् २००८ बाट भारतको उत्तरप्रदेश स्थित ग्रेटर नोयडाबाट कम्पनीले लेमन ब्राण्डको मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ वटा मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको चौगले बताए । नेपालीले नेपाली उत्पादन मन पराएको आफूले पाएको भन्दै उनले नेपालीकै रोजाइ अनुसार उद्योग स्थापना गर्न लागिएको बताए । लेमन मोबाइल नेपाली बजारमा अहिले मासिक ३० हजार वटा बिक्री वितरण भइरहेको भन्दै चौगले यहाँको कानुन अनुसार नेपाली लगानीकर्तालाई कम्पनीमा समावेश गर्ने बताए । प्रभु मोबाइल प्रालिका निर्देशक केशव लामिछानेले नेपालमा पहिलो पटक फास्टट्रयाकसँग मिलेर मोबाइल सेट उत्पादन गर्न लागेको बताए। ‘लागत कति लाग्छ एकिन नभए पनि आवश्यक मात्रामा लगानी गर्न यो समूह तयार छ’ उनले भने । कम्पनीले पाँच वटा नयाँ मोबाइल सेट नेपाली बजारमा ल्याएको छ। लेमन कम्पनीको मोबाइलको मूल्य बजारमा आठ सयदेखि तीन हजार तीन सयसम्म पर्छ । नेपालमै यसको उत्पादन हुनसके मूल्य अझै घटाउन सकिने निर्देशक लामिछानेको भनाइ छ ।