गाउँमा ‘हिट’ भएर काठमाडौं छिरेको टेक्नो मोबाइल
काठमाडौं । नेपाली बजारमा आएका जुनसुकै सामान वा वस्तु होस्, त्यो सुरुमा काठमाडौंमा बढी चल्छ र बिस्तारै गाउँघरतिर जान थाल्छ । तर, यसको ठिक विपरीत नेपालमा यस्तो एउटा वस्तु छ जुन पहिला हिमाल र पहाडतिरका मानिसका हात-हातमा पुगेर ‘हिट’ भएपछि बल्ल संघीय राजधानी काठमाडौं प्रवेश गर्दैछ । त्यो के होला ? त्यो हो- ‘टेक्नो मोबाइल’ । टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारी टेक्नोलाई मानिसहरूले पहाडको ‘आइफोन’ भन्ने गरेको बताउँछन् । ‘हामी सबैभन्दा सुरुमा हिमाल, पहाडका हरेक मानिसको हात-हातमा पुग्यौं, त्यसपछि बिस्तारै सहर छिर्यौं र अहिले मात्रै हामी काठमाडौं पस्दैछौं,’ उनी भन्छन्, ‘जो कुनै ब्रान्ड सहरमा छाएर त्यसपछि गाउँघरसम्म पुग्छन्, तर हामी मात्रै यस्तो ब्रान्ड हौं जो पहिलै नै गाउँघरमा हरेकको रोजाइ बनिसकेर अहिले मात्रै काठमाडौं प्रवेश गर्दैछौं ।’ सुरुको दिनमा सहरबाट प्रतिस्पर्धा गर्न एकदमै गाह्रो पनि थियो त्यसैले गाउँघरमा छाएर मात्रै सहर पस्ने निर्णय गरेको उनी सुनाउँछन् । गाउँघरमा हरेकले आफ्नो ब्रान्ड प्रयोग गरिसकेपछि उनीहरूको प्रतिक्रिया राम्रो आएको उनको भनाइ छ । ‘पहिले धरातल राम्रो बनाएर त्यसपछि चलेका ब्रान्डसँग प्रतिस्पर्धा गरौं भन्ने हाम्रो सोच भयो र साेहीअनुसार हामीले काम गर्यौं,’ उनी भन्छन् । अहिले टेक्नोलाई ‘पहाडको हिरो’, ‘पहाडको आइफोन’ लगायत उपनाम दिने गरेको उनी बताउँछन् । ‘सबैभन्दा कम मूल्यमा पर्फमेन्स राम्रो दिने, फोरजी राम्रोसँग चल्ने यदि कुनै पनि फोन छ भने त्यो टेक्नो मोबाइल मात्रै हो,’ उनी दाबीका साथ भन्छन्, ‘हामीले सधैं ‘बिलो द लाइन’ बसेर काम गर्यौं जसको प्रतिफल अहिले टेक्नो मोबाइल नेपालको टप पाँच ब्रान्डभित्र परेको छ ।’ मोबाइल भन्नेबित्तिकै जो कोहीले मनमा आइफोन सम्झिनु स्वभाविक हो । तर, नेपालको भौगोलिक अवस्थाका कारण यहाँको हरेक क्षेत्रमा आइफोन सम्भव छैन । जसको फाइदा उठाउँदै टेक्नो माेबाइल पहाडको आइफोन बनेकाे उनी बताउँछन् । अन्य मोबाइलको तुलानामा टेक्नो मोबाइल सस्तो रहेको उनी दाबी गर्छन् । टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले पनि आफूहरू पहाडको हिरो भएर चिनिन पाउँदा खुसी लागेको भनाइ राखे । ‘जब म सबैभन्दा सुरुमा टेक्नो मोबाइलको ब्राण्डिङका लागि काठमाडौं आएँ, त्यतिबेला मलाई धेरै मानिसहरूले न्यूरोडको २,४ वटा पसल लैजानुभयो र भन्नुभयो कि यो न्यूरोडमा जति पसल छ त्यसमा आफ्नो उपस्थिति देखाउन सकियाे भने मोबाइलको बजार खाइन्छ,’ उनले विगतलाई सम्झिँदै सुनाए, ‘तर, मलाई त बजार खानु मात्रै थिएन त्यसैले मैले भने कि म पहिले गाउँघरमा टेक्नो मोबाइल बेच्छु र मात्रै सहर पस्छु, त्यसपछि सबैको आवश्यकता भइसकेपछि अनि मात्रै काठमाडौंको न्यूरोडका पसलमा मोबाइल बेच्छु, मेरो यो चाहना पूरा भएको छ, आज त्यो दिन आएको छ ।’ छोटो समयमा नै नेपालको टप ५ ब्राण्ड बन्न सकेको उनी बताउँछन् । ‘टेक्नाे माेबाइल यति छोटो समयमा नै नेपालको टप ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ,’ उनी भन्छन्, ‘ग्रहकहरूको चाहना अनुसारको उत्पादन र ग्रहकको सन्तुष्टि हाम्रो पहिलो रोजाइ हो ।’ मोबाइल ब्राण्ड टेक्नोले बिहीबार मात्रै नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो बाण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमबीच उनीहरूलाई बाण्ड एम्बेसडर घोषणा गरेको हो । एम्बेसडर घोषणा भएपछि आरिफ र आसिफ दुवैले आफू टेक्नोसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । आरिफले एक क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । आसिफ टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्दोजुल्दो रहेको बताए । आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ । अरिजित तलपात्राले खेलाडीहरूको खेलकुदप्रतिको समर्पण आफूहरूको ब्राण्डको स्टप एट नथिङसँग मेल खाने बताएका छन् । टेक्नोसँगको आरिफ र आसिफको सम्बन्धले आफूहरूको ब्राण्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउने विश्वास लिएको उनले बताए । टेक्नो नेपालका सबै जिल्लामा आफूहरूको बलियो उपस्थिति रहेको र १० प्रतिशत बजार हिस्सा ओगटेको दाबी भण्डारीले गरेका छन् । साथै टेक्नो नेपालको पाँचौ शीर्ष ब्राण्ड भएको उनको दाबी छ । कम्पनीले ग्रहकहरूको सन्तुष्टिलाई पहिलो नम्बरमा राख्दै १०० दिने रिप्लेसमेन्ट वारेन्टी समेत प्रदान गरेको छ । यसरी सय दिनसम्म कुनै समस्या आए तुरुन्तै फिर्ता गरिदिने टेक्नो मात्रै पहिलो मोबाइल रहेको पनि उनी दाबी गर्छन् । टेक्नो ७० भन्दाबढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो । टेक्नोले स्मार्टफोन, स्मार्ट वेयरेबल्स, ल्यापटप, ट्याब्लेट एचआईओएस अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत शृंखलामार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आएको छ । ब्रान्डको नेपालमा अधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालि रहेको उनले बताएका छन् । कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ । टेक्नो ७० भन्दा बढी देशमा रहेको प्रविधि ब्राण्ड हो । टेक्नो मोबाइल उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको बताउँदै स्टाइलिस र बौद्धिक उत्पादनहरूसँगै टेक्नोले विश्वभरिका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यका लागि निरन्तर अग्रसर रहन प्रेरित गर्ने कम्पनीले बताएको छ । यो ब्रान्डमा ग्राहकले रोजे र खोजेअनुसार मोबाइल पाउने र सर्भिस तथा पार्टसहरू सहजै पाउने पनि कम्पनीले बताएको छ ।
टेक्नो नेपालको ब्राण्ड एम्बेसडरमा क्रिकेटर आरिफ र आसिफ शेख
काठमाडौं । मोबाइल ब्राण्ड टेक्नोले नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो बाण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमबीच उनीहरूलाई बाण्ड एम्बेसडर घोषणा गरेको हो । एम्बेसडर घोषणा भएपछि आरिफ र आसिफ दुवैले आफू टेक्नोसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । आरिफले एक क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । आसिफ टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्दोजुल्दो रहेको बताए । आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ । टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले खेलाडीहरूको खेलकुदप्रतिको समर्पण आफूहरूको ब्राण्डको स्टप एट नथिङसँग मेल खाने बताए । टेक्नोसँगको आरिफ र आसिफको सम्बन्धले आफूहरूको ब्राण्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउने विश्वास लिएको उनले बताए । टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले टेक्नोको नवप्रवर्द्धनप्रतिको समर्पण र जोशसँगै यस सहकार्यले आफूहरूलाई युवा पुस्तासँग जोडिन मद्दत गर्ने बताए । टेक्नो नेपालका सबै जिल्लामा आफूहरूको बलियो उपस्थिति रहेको र १० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गर्दै टेक्नो नेपालको पाँचौ शीर्ष ब्राण्ड भएको बताए । टेक्नोको नेपालभरिका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको बताउँदै कम्पनीले सय दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एकमात्र ब्राण्ड भएको बताएको छ । साथै, कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ । टेक्नो ७० भन्दा बढी देशमा रहेको प्रविधि ब्राण्ड हो । टेक्नो मोबाइल उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको बताउँदै स्टाइलिस र बौद्धिक उत्पादनहरूसँगै टेक्नोले विश्वभरिका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यका लागि निरन्तर अग्रसर रहन प्रेरित गर्दछ भनेको छ ।
गुगल प्ले स्टोरमा पुनः फर्कियो इसेवा एप
काठमाडौं । केही दिनदेखि गुगलको प्ले स्टोरबाट हटेको इसेवा एप पुनः उपलब्ध भएको छ । कम्पनीका अनुसार विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउका लागि नयाँ नीति जारी गरेको छ । उक्त नीतिअनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ। इसेवा अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड रहेको थियो तर केही समयअगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो । इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि रहेको थियो । गत २८ वैशाख २०८१ देखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलाले इसेवाको बिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो । गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स नम्बर प्रयोग गर्छ, जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ । नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थायी समयको लागि अनुपलब्ध गराएको थियो । अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसकेको छ । कुनै पनि एपको विवरण परिवर्तन हुँदा गुगल अन्तर्गत पूरा गर्नुपर्ने प्रक्रियाहरू सम्पन्न गर्दा अस्थायी रूपमा आउन सक्ने यो एक सामान्य प्रक्रिया मात्र हो । यसै अन्तर्गत इसेवा पनि गुगल र डुन्सको कार्य प्रक्रिया भइरहदा गुगल प्ले स्टोरमा अनुपलब्ध रहेको थियो । कम्पनीले यो कुनै सुरक्षा कमजोरी वा सुरक्षासम्बन्धी समस्याले नभएको स्पष्ट पारेको छ ।