वायुसेवा निगमको बोइङ विकेन, बजारमा नयाँ किन्दा ५ अर्ब पर्ने जहाज १७ करोडमा किन्न कोही आएनन्
काठमाडौं । नेपाल वायुसेवा निगले तीन दशक पुरानो एकथान १९० सिट क्षमताको बोइङ जहाज विक्रीमा राखेको भएपनि कोही किन्न आएनन् । निमगले पहिलोपटक आवेदन गरेको ग्लोवल टेण्डरमा एउटापनि आवेदन नपरेपछि पुनः आवेदन गरेको वायसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार जहाजको न्युनतम मुल्य १७ करोड रुपैयाँ राखिएको थियो । जेठ १० सम्मको समय दिएर मागेको प्रस्तावमा कोही नआएपछि फेरि जेठ २९ सम्मको लागि प्रस्तावमा मागिएको छ । निगमको यही क्षमताको जहाज खरिद गर्नुपर्दा अहिले ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ । नागरिक दैनिकबाट ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई जेट एयरवेजको हवाईभाडामा १५ प्रतिशतसम्म छुट
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकले जेट एयरवेजमा यात्रा गर्दा हवाई टिकेटमा १५ प्रतिशत छुट पाउने भएका छन् । जेट एयरवेजले बैंकका ग्राहकलाई प्रिमियर र इकोनोमिक दुबै टिकटमा छुट दिने गरी एयरवेज र बैंकबीच सम्झौता भएको छ । ट्राभल्स स्कीम सार्वजनिक गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत जोसेफ सिलभानुस र नेपालका लागि जेट एयरवेजका कन्ट्री म्यानेजर तानाय रघुराज काठमाडौंबाट भारतको नयाँ दिल्ली, मुम्बई तथा अन्य क्षेत्रका प्रत्यक्ष उडानमा यो सुविधा रहने जेट एयरवेजले जनाएको छ । बैंकका ग्राहकले जेट एयरलाइन्सको वेवसाईटबाट अनलाईन टिकेट बुक गरी सुविधा लिन सक्नेछन् । ‘बैंकका खाता होल्डरले टिकटको १५ रकम फिर्ता पाउनेछन् । त्यसका अतिरिक्त सबैका डेविट तथा क्रेडिट कार्ड होल्डर्सले भाडामा १० प्रतिशत छुट पाउनेछन्’ स्ट्याण्डर्ड चार्टर्ड बैंक र जेट एयरवेजले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो सुविधा सन् १०१७ को डिसेम्बर ३१ तारिकसम्म लिन सकिने छ । टिकट भने अक्टोबर १५ सम्म बुक गरिसक्नु पर्नेछ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत जोसेफ सिलभानुसले आफ्ना ग्राहकको लागि नयाँ र विशिष्ट सेवा दिन सकेकोमा खुशी व्यक्त गरेका छन् । ‘स्ट्याण्डर्ड चार्टड बैंकले आफ्ना ग्राहकका लागि संस्थागत रुपमा कसरी फरक सेवा दिन सक्छ भन्ने यो एउटा उदाहरण हो’ उनले भने । यो बैंक १५० वर्षभन्दा बढी लामो इतिहास भएको बहुराष्ट्रिय कम्पनी हो जहाँ ८४ हजार मानिसले काम गर्छन् । जेट एयरवेजका सेल्स एण्ड मार्केटिङ सिनियर भाईस प्रेसिडेन्ट कोलिन न्युवोर्नरले जेट एयरवेजमा यात्रा गर्ने अथितिहरुको लागि विशेष सुविधा दिने कम्पनीको प्रतिवद्धतामा स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्य कम्पनीको यात्रामा महत्वपूर्ण कदम भएको बताइन् । उनले एयरवेजले दिएको विशेष फेयर बैंकका ग्राहकले उपयोग गर्ने र उनीहरु सन्तुष्ट हुनेमा आफू विश्वस्त रहेको बताईन् ।
पर्यटन व्यवसायी बीके श्रेष्ठको निधन
काठमाडौं । पर्यटन व्यवासायी तथा पाँचतारे होटल र्याडिसनका प्रवन्ध निर्देशक बीके श्रेष्ठको मंगलबार विहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित श्रेष्ठको निधन भएको पर्यटन व्यवसायी याेगेन्द शाक्ले जानकारी दिए । उनका अनुसार क्यान्सर राेगकाे उपचारमै रहेका श्रेष्ठलाइ साेमबार विहान मात्रै उपचार गरेर निवास ल्याइएकाे थियाे । श्रेष्ठले हिमालयन ट्राभलबाट आफ्नो पर्यटनको व्यवसाय सुरु गरेका थिए । उनको पोखरामा र चितवनमा पनि होटल रहेका छन् । हाेटल सघ नेपालका पूर्व अध्यक्ष श्रेष्ठको परिवारमा श्रीमती र तीन छोरी छन् । श्रेष्ठको आजै साढे १२ बजे पसुपतिमा दाहसंस्कार गरिने उनका परिवार स्रोतले जानकारी दिएको छ ।