क्यासिनोबाट पहिलोपटक आकस्मिक लाभकर, तीन क्यासिनोले तिरे ५५ लाखको आकस्मिक लाभकर
काठमाडौं ४, मंसिर । नेपालमा संचालनमा रहेको क्यासिनो सरकारी नियमावली अनुसार संचालनमा नै समस्या देखिएको भएपनि पछिल्लो समय संचालनमा आएका तीन क्यासिनोले भने आकस्मिक लाभकरसमेत तिरेका छन् । सरकारले क्यासिनो नियमावली २०७० ल्याएपछि यसको पालना गर्न नसकिने र व्यवहारिक नभएको भन्दै सबै क्यासिनोले विरोध स्वरूप संचलानमा रहेको व्यापार व्यवसाय नै बन्द गरे । सरकारले नियमावलीको अनिवार्य कार्यान्वयन गर्न बाध्य बनाएपछि एकपछि अर्को गर्दै क्यानिसो नयाँ व्यवस्थापन खोज्दै संचलान हुन थाले । क्यासिनो नियमावली संचालमा आएका यी क्यासिनोले पहिलोपटक आकस्मिक लाभकरसमेत तिरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताए । क्यासिनो नियमावली पालन गरेर क्यासिनो संचालन हुन थालेपछि सोल्टी होटलमा रहेको क्यासिनो माजोङ, सांग्रीला होटको क्यासिनो मिलेनियर्स क्लव र तारागाँउ रिजेन्सी होटलको क्यासिनो प्राइडले गरी ५५ लाख रुपैयाँ आकस्मिक लाभकर तिरेको जानकारी पर्यटन विभागलाई प्राप्त भएको उनको भनाइ छ । विभागका अनुसार क्यासिनो मिलेनियर्स क्लबले २० लाख, क्यासिनो माजोङले २५ लाख र क्यासिनो प्राइडले १५ लाख रुपैयाँ गरी करीब ५५ लाख रुपैयाँको आकस्मिक लाभकर आएको छ । आन्तरिक राजस्व विभागले संकलन गरेको यो रकमको जानकारी सम्बन्धित क्यासिनोले क्यासिनोको नवीकरण गर्दा पर्यटन विभागमा जानकारी गराएको प्रवक्ता ढकालले बताए । उनका अनुसार क्यासिनो नियमावली पूर्व सरकारलाई कुनै पनि शुल्क नतिर्ने क्यासिनोबाट इजाजत शुल्क, नवीकरण शुल्क, आकस्मिक लाभकर, जरीवानासहितका शीर्षकमा सरकारी ढुकुटीमा रकम आउन थालेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा क्यासिनो नवीकरण, पर्वतीय पयटनको अनुमति, ट्राभल टे«किङको शुल्क गरेर २४ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन भएको पनि ढकालले बताए । यो रकममा सबैभन्दा ठूलो हिस्सा चार वटा क्यासिनोबाट १५ करोड रुपैयाँ रहेको छ । यस मध्ये क्यासिनो र्याडले पुरानो तीन करोडको वक्यौता तिरेको हो भने माजोङ, प्राइड र मिलेनियर्स क्लवले चालू आवको लागि नवीकरण शुल्क ३/३ करोड रुपैयाँ चुक्ता गरेका हुन । विभागका अनुसार पछिल्लो समय नेपालमा क्यासिनो सरकारी नियमावली अनुसार संचालन हुन थालेका र सरकारी राजस्व पनि तिर्न थालेका छन् । सरकारी मापदण्डको विरोध गरेका अन्य क्यासिनोले पनि एकपछि अर्को गर्दै संचलनको तयारी गरिरहेका छन् । क्यासिनो भेनस पुनः बन्द सरकारले क्यासिनो नियमावली २०७० ल्याएपछि यसको पालना नगरेर बन्द भएको मल्ल होटलमा रहेको क्यासिनो भेनस पुनः तीन महिना अगाडि मात्रै अदालतको अन्तरिम आदेशले खुला भएको थियो । क्यासिनो संचलानको तयारी भइरहेको समयमा होटल र क्यासिनो व्यवस्थापनबीच विवाद देखियो । त्यसपछि अदालत पुगेको यो मुद्दामा सरकारी नियम पालन गरेर र राजस्व तिरेरै मात्र संचालन गर्न निर्देशन दिएपछि पुनः बन्द भएको ढकालले बताए । उनका अनुसार अब यो क्यासिनो सरकारी नियमावली अनुसार नै संचालन हुन पाउँछ, अन्यथा बन्द नै गर्नुुपर्ने ढकालले बताए ।
हिमालय एअरलाइन्सको ‘एयर इण्ड स्पेशल’ अफर, काठमाडौ-कोलोम्बो दोहोरो टिकटदर प्रतिव्यक्ति ३९५००
काठमाडौ, ३ मंसिर । हिमालय एअरलाइन्सले आगामी छुट्टीहरुको मौसम –क्रिसमस, नयाँ वर्ष २०१७ र जाडोको बिदालाई मध्यनजर गरेर कोलोम्बो, श्रीलंकाको लागि ‘एयर इण्ड स्पेशल’ अफर ल्याएको छ । एअरलाइन्सले दोहोरो टिकटदर (आउने जाने खर्च) प्रतिव्यक्ति न्यूनतम ३९ हजार ५०० तोकेको छ । त्यसमा यात्रुहरुले प्रतियात्री ३० किलोको सामान बोक्न पाउने सुविधा पाउने छ । तर उक्त टिकट दरमा एअरपोर्ट ट्याक्स, प्रशासनिक र ट्राभल एजेन्टको शुल्क लागू नहुने जनाएको छ ।सहुलियत टिकट मंसिर १ गतेदेखि पुस १६ २०७३ सम्म खरिेद गरिसक्नु पर्ने छ भने मंसिर १ गतेदेखि चैत १८ २०७३ सम्ममा कोलोम्बो यात्रा गरिसक्नुपर्ने छ । यस अफरले नेपाल र श्रीलंका बीच पर्यटन प्रवर्धन गर्न, व्यापार र लगानीको अवसर बढाउने आशा कम्पनीले राखेको छ ।
वायुसेवा निगमको जहाज राख्न चीनले चार अर्ब खर्चेर ह्याङगर बनाइदिने, डिजाइन र जहाज राख्ने क्षमता तय
काठमाडौं ३, मंसिर । नेपाल वायुसेवा निगमको जहाज मर्मत गर्न र जहाज राख्नको लागि चीनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङगर बनाइदिने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सरकारी सम्झौतापछि चिनियाँ जहाज ल्याउनेपर्ने भएपछि चीनले निगमका लागि एउटा ह्याङगर नै बनाइदिने भएको छ । त्रिभुवन विमानस्थलमा बनाइदिने विमानको मर्मत संभाव गर्न र जहाज राख्न प्रयोग हुने यस्तो ह्याङगरको क्षमता भने वाइडवडिकाका एक, न्यारोबडिका दुई र आन्तरिक उडानका जहाज भने एकैपटकी तीन चारवटा अट्नेसम्म हुने वायुसेवा निगमको इन्जिनियरिङ विभागले जानकारी दिएको छ । विमानस्थमा रहेको निगमको ह्यांगरको फाइल तस्बिर निगमले चिनियाँ जहाज बारम्बार विग्रिरहेन र मर्मत खर्च अधिक हुने तथा चिनियाँ पक्षको असहयोग भएको गुनासोपछि एक वर्ष अगाडि गरेको यस्तो प्रस्तावलाई पुनः अगाडि सारिएको वायुसेवा निगमका एक इन्जिनियरले बताए । उनका अनुसार चीनले अनुदानमा बनाइदिने यस्तो ह्याङगर नेपाली चार अर्ब रुपैयाँसम्म खर्च गरेर अध्याधुनिक बनाइदिने प्रस्ताव गरेको छ । चीनको स्वार्थ नेपालमा जोडिदै गएको र जहाज लिने प्रक्रिया लामो समयसम्म अल्झिएकोले पनि अहिले चार करोड डलरको जहाजका पाटपूर्जा काठमाडौंमा नै उपलवब्ध गराउनेसहितको नयाँ प्रस्ताव आएको निगमको भनाइ छ । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार चिनियाँ पक्षले निर्देशक तथा महाप्रवन्धकतहमा मात्रै कुराकानी गरेकोले आफूलाई चिनियाँ जहाज र यसको कुने पक्षको बारेमा पनि जानकारी नभएको बताए । उनले यस विषयमा चाइनिजले पहिले पनि प्रताव गरेको र तथा पहिलो प्रतिवेदनमै भएकोसम्म जानरकारी रहेको बताए । थप जानकारी दिने आधिकार भने आफूलाई नभएको प्रतिक्रिया दिए । निगम स्रोतका अनुसार दुईवटा चिनियाँ जहाज आगामी पुस भित्र आउने तय भएको छ । बाँकी दुईवटा पनि केही महिनामा आउने भएकोले निगमले चीनसँग भएको स्पेयर्स पाट्स, ह्यांगर बनाउने प्रस्तावको पूर्ण विवरण सार्वजनिक गर्न चाहेका छैनन् । चीनले बनाइदिने यस्तो ह्याङगरपछि वायुसेवा निमगलाई आफ्ना आन्तरिक उडानका जहाज तथा अन्तर्राष्ट्रिय उडानका जहाजको इन्जिनबाहेकको मर्मत काठमाडौंमा नै हुन सक्ने उल्लेख छ । निजी वायुसेवासँग अत्याधुनिक जहाज विमान मर्मत केन्द्र नेपालमा निजी वायुसेवा कम्पनी बुद्ध एयरसँग मात्रै अत्याधुनिक जहाज मर्मत केन्द्र रहेको छ । बुद्ध एयरले चार वर्षदेखि संचालनमा ल्याएको जहाज मर्मत तथा संभारलाई हाल अन्तर्राष्ट्रिय जहाज पनि मर्मत गर्न सक्ने क्षमतामा पुर्याएको छ । बुद्धले एटीआर र बीचक्र्याफ्टका जहाजको मर्मत नेपालमा नै गर्न थालेको छ । बुद्धको सेवालाई चित्त बुझाई विदेशी वायुसेवाले पनि नेपालमा नै जहाज मर्मतको रुची देखाउन थालेको उल्लेख छ । बुद्धसँग भएको जहाजकै प्रकृतिका जहाज बुद्धले मर्मत गर्न थालेको छ ।