कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड, मागेजति सबैले पाए, ६१ जनाको आवेदन रद्द
काठमाडौं । कुमारी क्यापिटलले निष्काशन गरेको कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ । क्यापिटलले कुमारी समाूहिक लगानी कोष अन्तर्गत संचालन हुने कुमारी इक्वीटी फण्डको इकाई आज (चैत ५ गते) बिहीबार बाँडफाँड गरेको हो । क्यापिटलले गत फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म प्रति इकाई १० रुपैयाँ दरको ८ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमा माग भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन आएकाले सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरणपुस्तिकाको बुँदा ४(च) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १० करोड इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंकलाई बाँडफाँड गरेको हो । र, बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाई आज बाँडफाँड भएको हो । उक्त फण्डमा ९४ हजार ७९४ जनाले आवेदन दिएका थिए । जसमध्ये ९४ हजार ७३३ जनाले रितपूर्वक आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिनेमध्ये सर्बसाधारणबाट ९४ हजार ६६१ जनालाई ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ वटा संस्थालाई ५ करोड ३९ लाख २२ हजार ३०० इकाई बाँडफाँड गरिएको हो । त्यस्तै, दोहोरो आवेदन दिने ६१ जना आवेदकको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । यसरी बाँडफाँड गर्दा इकाई १०० देखि २० लाख इकाईसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड पाएका छन् । २० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात २५ लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गरेका आवेदकलाई कूल १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको छ । यससँगै, २५ लाखदेखि ५० लाखइकाईसम्म आवेदन दिने प्रत्येक ७ जनाले २४ लाख ०६ हजार ६७० इकाई हात पारेका छन् ।
दुई वाणिज्य बैंक र एक लघुवित्तको बोनस सेयर सूचीकृत, एनबी बैंकको हकप्रद पनि
काठमाडौं । सूचीकृतमध्ये तीन वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार मात्रै दुई वाणिज्य बैंक र एक लघुवित्तको गरी एक करोड १३ लाख ८० हजार १६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सो दिन नेपाल बङ्गलादेश बैंक (एनबी), सेञ्चुरी कमर्शियल बैंक र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको गरी सो परिणामको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, सेञ्चुरी कमर्शियल बैंकको ६१ लाख ८९ हजार ५७९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यसैगरी, महिला सहयात्रा लघुवित्तको १० प्रतिशत अर्थात एक लाख २१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै यी तीन कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ । सम्बन्धित समाचार नेप्सेमा पौने ३ करोड बढी बोनस सेयर सूचीकृत, सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको
कोषको सेवाग्राहीमैत्री नयाँ भवनको ९० प्रतिशत काम सम्पन्न
काठमाडौं । नागरिक लगानी कोषले नयाँ बानेश्वरस्थित सेवाग्राहीमैत्री नयाँ भवन निमार्णको ९० प्रतिशत काम सम्पन्न गरेको छ । कम्पनीको ३१औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले सो बताएका हुन् । चालु आर्थिक वर्ष भित्रै कोषले सोहि भवनबाट सबै प्रकारका सेवा प्रवाह गर्ने उनले जानकारी गराएका छन् । साथै, अहिले कार्यालय रहेको स्थानमा भने नयाँ भवन निमार्ण गरिने उनले बताए । त्यस्तै, गत आर्थिक वर्षको लेखापरीक्षणको काम सकिएको जानकारी गराउँदै उनले यथाशक्य छिटो वार्षिक साधारणसभा गर्ने योजना रहेको बताए । कोषले जवानीमा कमाउँ र बुढेशकालमा रमाउँ भन्ने उद्देश्यका साथ स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई लक्षित गरि नागरिक पेन्सन योजना कार्यान्वयन ल्याएको छ । यसैसन्दर्भमा कोषले हालसालै मात्र पर्वत जिल्लाको फलेवास नगरपालिकासँग आवद्ध भई करिब ७५३ तथा असंगठित क्षेत्रका मजदुरहरु मदजुरहरुलाई यसक्षेत्रमा समावेश गरिसकेको छ । त्यस्तै, सोहि नगरपालिकाले थप १२०० सोहि प्रकृतिका विपन्न र असंगठित क्षेत्रका मजदुरहरु समावेश गर्ने प्रकृयामा कोष रहेको छ । यसैगरी, अन्य नगरपालिकासँग पनि सहकार्य गर्ने कोषको लक्ष्य रहेको छ । साथै, नागरिक पेन्सन योजनामा मेटलाइफ इन्स्योरेन्सका अभिकर्ताहरु पनि आवद्ध भएका कार्यकारी निर्देशक नेपालले बताए । कोषले पुँजीबजारमा संस्थागत लगानी भित्र्याउँने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना गरेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी रहेको ५० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरिने छ । सम्बन्धित समाचार नागरिक लगानी कोषको ३० वर्षे यात्राः एक खर्ब ६३ अर्ब रुपैयाँ लगानी, विभिन्न ११ वटा योजना ल्याउन सफल अर्थ मन्त्रालय भन्छ- उत्पादनशील क्षेत्रमा लगानी बढाऊ, धितोपत्र बोर्ड भन्छ- सेयरमा लगानी दोब्बर गर