चन्द्रागिरी हिल्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दिउँसो साढे ३ बजेसम्ममा २ लाख ३१ हजार ८९२ जना आवेदकले ४७ लाख ९६ हजार ७ सय कित्ता सेयरको लागि आवेदन दिएका छन् । साे अवधिसम्ममा ४७ कराेड ९६ लाख ७० हजार रूपैयाँ बराबरकाे आवेदन परेकाे हाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ३.४३ गुणा बढी हो । मेराे सेयरकाे सफ्टवेयरमा समस्या आउँदा पनि कम्पनीकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे हाे । आज (पुस २४ गते) देखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेकाे हाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरिने छ । चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा माघ ९ गतेसम्म पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।
तारागाँउ रिजेन्सी होटलले घोषणा गर्यो गत वर्षको लाभांश
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । होटल्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । जसलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् । हाल होटल्सको चुक्ता पुँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यसको १० प्रतिशत लाभांश कर सहितले १८ करोड ८३ लाख ६५ हजार ४ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश अघिल्लाे आर्थिक वर्षकाे तुलनामा २ प्रतिशतले कम हाे । हाेटल्सले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
बुक बिल्डिङ्गमार्फत सेयर जारी गर्न ४६ संस्था मात्रै योग्य, कुन कुन ?
काठमाडौं । बुक बिल्डिङ्ग बिधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न ४६ संस्था मात्रै योग्य रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार निवेदन परेका ६२ संस्थाहरुमध्ये ४६ वटा संस्था मात्रै योग्य रहेका हुन् । बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो । योग्य संस्थागत लगानीकर्तामा ४ वाणिज्य बैंक पनि रहेका छन् । २७ वाणिज्य बैंकमध्ये ग्लाेबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि बुक बिल्डिङ्ग मार्फत सेयर जारी गर्न पाउने भएका छन् । यससँगै योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजानिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ । कुन कुनले पाए स्वीकृति ?