माउन्टेन इनर्जीको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । दोश्रो बजारमा माउन्टेन इनर्जी नेपालको पहिलो कारोबार प्रतिकित्ता ३४४ रुपैयाँमा भएको छ । बुधबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको सेयर हिजो मंगलबार (मंसिर ३० गते) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको थियाे । जसकाे सिम्बोल ‘एमईएन’ दिइएको छ । सम्बन्धित समाचार माउन्टेन इनर्जीको सेयर भोलिदेखि किनबेच गर्न पाइने, ओपनिङ् रेञ्ज कति ?
सिनर्जी पावरको लाभांश प्रस्ताव, एकैदिन डाक्यो तीन वर्षको वार्षिक साधारणसभा
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २२ गते बिहान ११ बजे बस्दै छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को अर्थात १२औं, १३औं र १४औं गरी तीन वर्षको वार्षिक साधारणभा एकैदिन दिन गर्ने भएको हो । उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालबाट भर्च्युअल माध्यम मार्फत हुने कम्पनीले जानकारी गराएको छ । सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १२ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुने भएको छ ।
साल्ट ट्रेडिङ्गको ३५ प्रतिशत लाभांश पारित, सवा ८ अर्बको कारोबार गर्न सफल
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित भएको छ । मंसिर ३० गते सम्पन्न कम्पनीको ५३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर गरी ३५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पुँजीको आवश्यकतालाई दृष्टिगत गरी उक्त लाभांश वितरण गर्न लागेको हो । कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्ब २५ करोड रूपैयाँको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५।०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ । विगत वर्षमा कर्पोरेशनले आयात गरेको चिनी मध्ये २५०० मे.टन चिनी भंसार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भंसार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमि एवं भंसारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको छ ।