यूनाईटेड ईदी-मर्दीको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलाे काराेबार ?
काठमाडौं । यूनाईटेड ईदी-मर्दी एण्ड आरबि हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आज(पुस ३ गते) शुक्रबार अंकित मूल्य एक सय रुपैयाँ कायम भएको कूल ४२ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको सेयर आगामी पुस ५ गते आइतबारदेखि दोश्रो बजारमा कारोबार हुने भएको छ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ९८.७९ रुपैयाँदेखि अधिकतम २९६.३७ रुपैयाँ तोकेको छ । जसको सिम्बोल ‘यूएमआरएच’ दिइएको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि ग्लोबल आईएमई क्यापिटल, जमललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
हिमालयन डिष्टिलरीको प्रस्तावित १०० प्रतिशत लाभांश पाउन के गर्नुपर्छ ?
काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश(कर सहित) गरी १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २९ गते बुधबार बस्दै छ । सभा सो दिन पर्सा जिल्लाको विरगञ्जको लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने छ । सभामा जाने प्रयोजनको लागि आगामी पुस १७ गते शुक्रबार एक दिन कम्पनीको बुक क्लोज हुने छ । यससँगै कम्पनीकाे प्रस्तावित लाभांश पाउन आगामी पुस १६ गतेसम्म कम्पनीको सेयर किन्नु पर्ने छ । साे अवधिसम्म सेयर किनेका सेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउने छन् र कम्पनीकाे साधारण सभामा पनि भाग लिन पनि योग्य हुने छन् । पछिल्लो समय दाेश्राे बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ४ सय रुपैयाँ रहेको छ । गत बिहीबार(पुस २ गते) को बजारमा कम्पनीको सेयर मूल्य २५ रुपैयाँ अर्थात ०.५७ प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार ४ सय रुपैयाँ पुगेको हो । जबकी बुधबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ३ सय ७५ रुपैयाँ रहेको थियो । उक्त प्रस्तावित लाभांश अघिल्लाे आवकाे तुलनामा कम हाे । कम्पनीले अघिल्लाे आव २०७५/७६काे नाफाबाट सेयरधनीलाई १०२.६३ प्रतिशत लाभांश(५० प्रतिशत बाेनस र ५२.६३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।
नागरिक लगानी कोषले हकप्रद सेयर जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले आज(पुस २ गते) मात्रै कम्पनीलाई चुक्ता पुँजीको एक बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । अन्य समूह अन्तर्गतको यस कम्पनीले साविकका सेयरधनीहरुलाई एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने छ ।