फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साढे ३२ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (मंसिर १६ गते) मंगलबार मात्रै सो मात्रा अर्थात १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, संस्थाको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
विजय लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (मंसिर १५ गते) सोमबार मात्रै सो मात्रा अर्थात २ लाख ९२ हजार २१५ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
अरुण भ्याली हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, मंसिर २६ गतेदेखि बुक क्लोज
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी पुस ८ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । हाइड्रोले सो दिन बिहान ११ बजे थापाथलीस्थित कम्पनीको सभाकक्षमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । सभामा कम्पनीले ५.२६३ प्रतिशत लाभांश प्रस्ताव लैजाँदै छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । साथै, सभाले बोनस पछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गर्दै छ । त्यस्तै, कम्पनीले निर्माण गर्न लागेको माथिल्लो काबेली २ जलविद्युत आयोजना(९.६) मेगावाटका लागि ऋण स्वीकृत गर्ने सामान्य प्रस्ताव सभामा लैजाँदै छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै मंसिर २५ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग हुनका साथै कम्पनीले वितरण गर्न लागेको लाभांश पाउने छन् । सभा भर्च्युअल माध्यम जुम एपबाट सञ्चालन हुने छ । सम्बन्धित समाचारः अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने