आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउँदै पिपुल्स पावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । उक्त कामको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी दुई संस्थाबीच मंसिर ११ गते बिहिबार सम्झौता भएको छ । सम्झौतामा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

सेयर बजारमा रेकर्ड ब्रेकः नेप्सेले पार गर्याे १९०० बिन्दु

काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ब्रेक गरेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० माथि पुगेको छ । ११ बजेर ६ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२ अंकले बढेर १९१५ अंक पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो भने हालसम्मकै उच्च बिन्दु हाे । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसूचक १८८१ अंकमा पुगेको थियो । त्यसयता नेप्से उक्त उचाईमा पुग्न सकेको थिएन । तर बिहीबारको बजारमा नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ र नयाँ रेकर्ड राख्न सफल भएको छ । याे अवधिमा सेयर बजारमा कूल २१ कराेड ६१ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । याे समाचार तयार पार्दासम्म १३० कम्पनीकाे ३ लाख २९ हजार ९२८ कित्ता सेयर किनबेच भइसकेकाे छ ।  

चन्द्रागिरी हिल्सको आईपीओ मंसिर १७ गतेदेखि खुल्ला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी मंसिर १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई उक्त दिनदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।