जाजरकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने एनआईसी एशिया लघुवित्त सम्मानित

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा मंसिर ७ गते आयोजित एक कार्यक्रमकाबीच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मानीत गरेका हुन् । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एनआईसी एशिया लघुवित्तले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवान्भित भएको छ । संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीब ११ लाख रूपैयाँ र आयकर अन्तर्गत करीब ८ करोड ४६ लाख रुपैयाँ गरी राजस्वमा जम्मा ८ करोड ५७ लाख रूपैयाँ योगदान गरेको छ । यस लघुवित्तले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बोनसपछि आरएमडीसी लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । सोमबार आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले संस्थाको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८६१ रुपैयाँ रहेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९९० रुपैयाँ रहेको थियो । यससँगै सोमबारको बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता ८६१ रुपैयाँदेखि शुरु हुने छ ।

नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा आशा लघुवित्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व कार्यालय कलंकीका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री दुलाललाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७५/७६ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लेखित गरिएको छ ।