एनआइबिएल सहभागिता फण्डको स्वचालित कारोबार प्रणाली लागू, अनलाइनबाटै ईकाई किन्न सकिने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)को स्वचालित कारोबार प्रणाली आज (कार्तिक २ गते) देखि लागू भएको छ । योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ योजना व्यवस्थापकले उक्त प्रणाली लागू भएको हो । यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने छन् । साथै, लगानीकर्ताहरले व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा युजर लगइन मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने सक्नेछन् । नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

नगद लाभांश वितरण गर्न सानिमा इक्वीटी फण्डले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले आगामी कार्तिक १४ गते बुक क्लोजको मिति तय गरेको छ । इकाईधनीलाई नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि फण्डले उक्त एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाका ईकाईधनीहरुलाई ७ प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सानिमा म्युचुअल फण्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

सिटिजन्सले तिनाउ मिसनलाई १००ः९६ स्वाप रेसियोमा प्राप्ति गर्ने, सेयर काराेबार राेक्का

काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हाे । यी दुई संस्थाले कार्तिक १ गतेमात्र उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सो प्रयोजनको लागि तिनाउ मिसन डेभलपमेन्ट बैंकको आज (कार्तिक २ गते) देखि सेयर कारोबार रोक्का भएको छ । यससँगै उक्त प्राप्ति प्रकृया नसकिएसम्म संस्थाको सेयर कारोबार बन्द हुने छ । सम्बन्धित समाचार ः सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने, पुँजी १० अर्ब ८० कराेड हुने