रसुवागढी हाइड्रो वार्षिक साधारण सभामा जाँदै, बुक क्लोज कहिले ?
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी पुस २० गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीको आठौं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित चिलिमे जलविद्युत कम्पनीको सभाहलमा बस्न लागेको हो । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १२ गते बुक क्लोज हुने भएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
मनकामना केवलकारको टिकट खल्ती एपबाटै किन्न सकिने
काठमाडौं । मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट डिजिटल वालेट एपबाट किन्न सक्ने भएका छन् । खल्तीले साेमबार शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हाे । खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकले मोबाइलमै इ-टिकट प्राप्त गर्नेछन् र त्यही टिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन् । खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरू लामो लाइन बस्नु पर्ने झन्झटबाट मुक्त हुने कम्पनीले जनाएकाे छ । मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको र सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ ।
मौद्रिक नीतिमा सेयर लगानीकर्ताले हस्तक्षेप गर्न खोज्नु नाजायज होः विश्लेषक विष्णु बस्याल
काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयर लगानीकर्ताले हस्तछेप गर्न खोज्नु नाजायज रहको सेयर बजार विश्लेषक विष्णु प्रसाद बस्यालले बताएका छन् । सामाजिक सञ्चालमार्फत उनले पुँजी बजारका सहभागीहरुले मौद्रिक नीतिमा लगानीकर्ताले हस्तक्षेप गर्न नहुने बताएका हुन् । तर राष्ट्र बैंकले पुँजी बजारलाई नै प्रत्यक्ष हानी पुग्ने गरि कुनै अभिव्यक्ति दिएमा लगानीकर्ताले त्यसकाे विराेध गर्न मिल्ने उनकाे भनाइ छ । साथै, मौद्रिक नीति देशको समग्र अर्थतन्त्रको अवस्था र तरलता व्यवस्थापनको लागि तर्जुमा गरिन्छ । त्यसैले हालसम्म कुनै पनि राष्ट्रको केन्द्रिय बैंकले केवल पुँजी बजारलाई मात्र ध्यान केन्द्रित गरेर नीति निर्माण नगरेकाे उनले स्मरण गराएका छन् । त्यसैले, राष्ट्र बैंकले पनि केवल पुँजी बजारलाई मात्र ध्यान केन्द्रित गरेर कुनै पनि नीति निर्माण गर्दैन भन्नेमा उनी विश्वस्त छन् ।