आईसीएफसीले १३ करोड ८९ लाख नाफा कमायो
काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७५/७६ मा १३ करोड ८९ लाख ८६ हजार रुपैयाँ कमाएको छ । फाइनान्सले अघिल्लो आव २०७४/७५ मा ९ करोड ५५ लाख नाफा कमाएको थियो । कम्पनीले गएको आवमा ३५ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ । फाइनान्स कम्पनीको बोनस र राजस्व तिर्नुअघिको नाफा २२ करोड रहेको थियो । गएको आवमा फाइनान्स कम्पनीले १० अर्ब ९३ करोड निक्षेप संकलन गरेर विभिन्न क्षेत्रमा ८ अर्ब ७१ करोड लोन र एडभान्स प्रदान गरेको छ । कम्पनीको ८८ करोड २१ लाख चुक्ता पुँजी रहेका फाइनान्स कम्पनीको रिजर्भ ३५ करोड १४ लाख रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १०.६६ रुपैयाँ रहेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५ सय ८८ रुपैयाँ पुगेको छ । कष्ट अफ फन्ड ९.२३ रुपैयाँ रहेको छ । खराव कर्जा ०.०८ प्रतिशत रहेको छ । कम्पनीको बेस रेट ११.९३ रुपैयाँ र सीडी रेसियो ७१.७७ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ १३९.८४ रुपैयाँ रहेको छ ।
सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदनः धितोपत्र बोर्ड
काठमाडौ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदन सार्वजनिक गरेको छ । सूचीकृत कम्पनीहरूमा संस्थागत सुशासन प्रवद्र्धन गर्न बार्डले नयाँ ढाँचा तयार पारेको हो । बोर्डले सूचीकृत संगठित संस्थाहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरू प्रति उत्तरदायी बनाइ संस्थागत सुशासन प्रवद्र्धन गर्न सो ढाँचा तयार पारेको हो । उक्त ढाचामा ओईसीडीको संस्थागत सुशासनसँग सम्बन्धित मुख्य सिद्धान्तहरुको उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु समेटिएका छन् । बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३, बमोजिम सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ बनाइ २०७५ साउन १ गतेदेिख लागू गरेको थियो । सो निर्देशिका अनुसार अब सूचीकृत संस्थाहरुको परिपालना अधिकृतले प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । सो ढाँचामा आर्थिक वर्ष २०७५÷७६ देखिको वार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको छ । प्रतिवेदनले मुख्यतया संचालक समिति, संचालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक निर्णय प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा परिक्षण सम्बन्धमा विशेष ढाँचा तयार पारिएको छ ।
४.२० अंकले घट्यो नेप्से, वित्त र लघुवित्त बाहेक सबै समूह राताम्मे
काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचक ४.२० अंकले घटेको छ । ०.३३ प्रतिशतले परिसूचक घट्दा १२५९.६४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आइतबार १६९ कम्पनीका १४ लाख ६७ हजार ४ सय ६७ कित्ता सेयर किनबेच हुँदा ४७ करोड ४१ लाख ५१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज वित्त र लघुवित्त समूह बाहेकका सबै समूह राताम्मे भए । बैंकिङ समूह ३.४९, होटल समूह ४.७१, विकास बैंक समूह ३.७, जलविद्युत समूह १०.२८, निर्जीवन बीमा समूह २४.५६, उत्पादनमूलक समूह १९.६१, अन्य समूह १.५१, जीनव बीमा समूह २३.०७ र म्युचुअल फण्ड ०.०९ अंकले घटेका छन् । त्यसैगरी वित्त समूह १.०३ र लघुवित्त समूह ०.२३ अंकले बढेका छन् । बजार घटेको दिन स्वरोजगार लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने हिमाल पावर पार्टनर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, गरिमा विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको सेयर सबैभन्दा बढी किनबेच भएको नेप्सेले जनाएको छ ।