मेरो माइक्रोफाइनान्सले गठन गर्यो ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्तीय वित्तीय संस्थाहरुलाई गाम्भ/गाभिन ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाम्न र गाभिन उत्प्रेरित गरिरहेको अवस्थामा सोही प्रयोजनका लागि समिति गठन गरिएको हो । मर्जर तथा प्राप्तिका लागि सञ्चालक सुमितबाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा राजा अर्याल, बद्रीप्रसाद पुडासैनी र सदस्य सचिवमा कम्पनीका सिईओ रामहरी दाहाल रहेका छन् ।

पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै गर्न माग, अन्यथा आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँ । पूँजीगत लाभकरको निर्धारण सिडिएससी बाटै गर्न नेपाल इन्भेष्टर्भ फोरमले माग गरेको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले विज्ञप्ती प्रकाशित गरी सिडिएससी र ब्रोकरले पूँजीगत लाभकरका विषयमा झण्झटिलो र अव्यवहारिक नियम ल्याएको उल्लेख गरेका छन् । तत्काल पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै नगरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

ग्लोबल आइएमई लघुवित्तको हकप्रद सेयर निष्काशन साउन २१ देखि

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर निष्काशन साउन २१ गतेदेखि हुने भएको छ । प्रति सेयर १ सय रुपैयाँ अंकित दरको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर निष्कशन गर्न लागिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ । साउन २१ गतेदेखि भदौ २३ गतेसम्म हकप्रद भर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ ।