लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल र कोषाध्यक्षमा भोजराज बस्याल नियुक्त
काठमाडाैं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । आज (कार्तिक ३ गते) सम्पन्न संघकाे १४औं वार्षिक साधारण सभाले संघकाे रिक्त रहेकाे उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेकाे हाे । यससँगै, संस्थाकाे कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल नियुक्त भएका छन् । सभाले संघकाे कार्यसमितिमा हेरफेर गरी उपाध्यक्ष र कोषाध्यक्षसहित ५ जनालाई नियुक्त गरेकाे छ । त्यस्तै, नयाँ सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेम बहादरु पाठक, समता लघुवित्तका डा. मदन घिमिरे र गणपति लघुवित्तका अच्युत सापकोटालाई नियुक्त गरेकाे छ । संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा संचालन भएको सभाले आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट छलफल सहित पारित गरेकाे छ । संघले अनलाइन(जुम) मार्फत उक्त सभा सम्पन्न गरेकाे हाे । सभा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उद्घाटन भएको थियो । उक्त सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल तथा डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल र्बैकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेल तथा नेपाल लघुवित्त र्बैकर्स संघका पूर्व-अध्यक्ष राम चन्द्र जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नरले संघले लघुवित्त क्षत्रमा देखिएका विकृितहरु रोक्न पहल गर्नु पर्ने र लघुवित्त संस्थाहरुले आफ्नाे उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्ने तर्फ पनि सोच्नु पर्ने सल्लाह दिएका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ । र, ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु यसका सदस्य छन् ।
एनपिएस र एनसीएचएलबीच सहकार्य, डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्ने
काठमाडौं । नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउस बीच नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्ने सम्झौता भएको छ । यससँगै आज (कार्तिक ३ गते) बाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ । यी दुइले भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्न सम्झौता भएकाे हाे । उक्त सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल-आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल-टाइम तथा नन-रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ । त्यसैगरी, आउने दिनहरुमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ । एनपिएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुई पिएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तर्बद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।
नेप्सेले खारेज गर्याे ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता, कुन कुनकाे ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विभिन्न ५ वटा ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता खारेज गरेको छ । नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकर कम्पनीको सदस्यता खारेज गरेका हो । हालसम्म २२ वटा ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको लागि अनुमति पाएका थिए । जसमध्ये १७ कम्पनीले नविकरण गर्न निवेदन दिएका छन् भने बाँकी ५ कम्पनीले हालसम्म निवेदन नदिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार २८ नम्बरको श्री कृष्ण सेक्युरिटिज, ५२ नम्बरको सुन्धारा सेक्युरिटिज, १० नम्बरको प्रज्ञान सेक्युरिटिज, ५८ नम्बरको नासा सेक्युरिटिज र २२ नम्बरको सिप्रवी सेक्युरिटिजले नविकरणको लागि निवेदन दिएका छैनन् । त्यसैले, नेप्सेले उक्त कम्पनीको मार्जिक कारोबार सदस्यता खारेज गरेको हो । मार्जिन कारोबार सदस्यता खारेज भएका कम्पनीहरू मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ परिच्छेद २ को दफा ६(२)मा भएको व्यवस्था अनुसार नेप्सेले उक्त ब्रोकर कम्पनीको अनुमति पत्र स्वतः खारेज गरेको जानकारी गराएको छ । मार्जिन कारोबार सेवा नवीकरण गरेका कम्पनीहरू