चोभारमा पाँच तारे स्तरको रिसोर्ट बनाउँदै सुमेरु ग्रुप, यसरी मनाइयाे २१ औ वार्षिकउत्सव

काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २१ औ वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा सुमेरु ग्रुप अन्तरगत रहेका विभिन्न संस्थाहरुबीच ‘अन्तरसंस्था सप्ताहाव्यापी फूटसल प्रतियोगिता’ आयोजना गरिरएको छ । त्यस्तै, सुमेरु ग्रुपको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, विभिन्न सुरक्षा निकायहरु, महागनरपालिका, समाजसेवी संघसंस्थाका प्रतिनिधिहरुसहितको उपस्थितिमा ललितपुर महानगरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरिएको ग्रुपका अध्यक्ष भरत महर्जनले बताए । वार्षिक उत्वसवको अवसरमा सुमेरु किड्नी अस्पतलामा दुई जनाको निःशुल्क मृगौला प्रत्यारोपण गरिएको छ । अति विपन्न परिवारका एक महिला र एक पुरुषको मृगौला प्रत्यारोपण सफल भएको र दुबै विरामीको अवस्था सामान्य हुँदै गएको उनले जानकारी दिए । त्यस्तै, ‘सुमेरु सामाजिक अभियान, गरौ रक्तदान गरौ जीवन दान’ भन्ने नाराको साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४७६ जनाले रक्तदान गरेका छन् । ‘स्वास्थ, शिक्षा, सहकारी, सम्वृद्धि , व्यवसाय र रोजगारी’ भन्ने मुल उदेश्यका साथ २१ वर्षअघि सुमेरु सहकारी स्थापना भएको थियो । सुमेरु सहकारीबाट उदायको यो संस्था हाल हाल ठूलो व्यवसायिक समूहको रुपमा स्थापित भएको छ । हाल सुमेरु ग्रुपभित्र १६ वटा संस्थाले शिक्षा, स्वास्थ्य, सहकारी सेवा दिदै आएका छन् । सबै संस्थामा गरी १२३५ जनाले प्रत्यक्ष रोजगारी पाएको सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले जानकारी दिए । सुमेरु ग्रुप भित्र सुमेरु सहकारी, सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, सुमेरु किड्नी अस्पताल, सुमेरु डाइनेष्टिक, सुमेरु मार्ट, सुमेरु मेडिकल कलेज, सुमेरु एशियन कलेज, सुमेरु मनी एक्स्चेज, सुमेरु मनी ट्रान्सफार, सुमेरु योग व्यायामशाला सञ्चालन छन् भने नयाँ परियोजना सुमेरु रिसोर्ट निर्माण हुँदैछ । सुमेरु ग्रुपले ३० करोड रुपैयाँ सेयर पुँजी लगानीमा चोभारमा सुमेरु रिसोर्ट निर्माण गर्ने भएको छ । त्यसको लागि ४० रोपनी जग्गा लिइसकेको उनले बताए । उक्त रिसोर्टमा बैंक कर्जासहित अर्बौ रुपैयाँ लगानी हुनेछ । रिसोर्टभित्र पाँच तारे होटलस्तरीय सेवा सुविधा हुने र ४ वर्ष भित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको अध्यक्ष महर्जनले जानकारी दिए ।

मेरो माइक्रोफाइनान्सले गठन गर्यो ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्तीय वित्तीय संस्थाहरुलाई गाम्भ/गाभिन ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाम्न र गाभिन उत्प्रेरित गरिरहेको अवस्थामा सोही प्रयोजनका लागि समिति गठन गरिएको हो । मर्जर तथा प्राप्तिका लागि सञ्चालक सुमितबाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा राजा अर्याल, बद्रीप्रसाद पुडासैनी र सदस्य सचिवमा कम्पनीका सिईओ रामहरी दाहाल रहेका छन् ।

पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै गर्न माग, अन्यथा आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँ । पूँजीगत लाभकरको निर्धारण सिडिएससी बाटै गर्न नेपाल इन्भेष्टर्भ फोरमले माग गरेको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले विज्ञप्ती प्रकाशित गरी सिडिएससी र ब्रोकरले पूँजीगत लाभकरका विषयमा झण्झटिलो र अव्यवहारिक नियम ल्याएको उल्लेख गरेका छन् । तत्काल पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै नगरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।