अपी पावरको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको १५औँ बाषिक साधारण सभाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । अर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट दिइने सो शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरणपछि शेयरधनीहरुको डिम्याट खातामा पठाईने शेयर रजिष्टार भिबोर क्यापिटलले जनाएको छ ।
नेप्से परिसूचक अस्थिर, २२ अंकले बढेको बजार १२ अंकमा झर्यो
काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण मंगलबार एकाएक उचालिएको सेयर बजार साताको चौथो दिन अस्थिर देखिएको छ । साताको चौथो दिन आज सेयर बजारमा कारोबार शुरु भएको एक घण्टामै २२ अंक उकालो लागेर पुनः तल ओर्लिएको छ । बिहान ११ बजे बजार खुल्दा ११५०.६६ अंकको परिसूचक ११ बजेर २६ मिनेट जाँदा ११७२.५९ अंकमा पुगेको थियो । बजार खुलेको आधा घण्टा नबित्दै २२ अंकले बढेको थियो । १२ बजेर २० मिनेट १२.५२ अंकले बजार बढेको छ र परिसूचक ११६३.२६ अंकमा पुगेको छ । मंगलबार कर्मचारी संचय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री खतिवडाले सेयरमा लगानी गर्ने उपयुक्त समय आएको अभिव्यक्ति दिएपछि २ दिनसम्म लगातार दोहोरो अंकले घटेको बजार एकाएक २७ अंकले बढेको थियो ।
सिटी एक्सप्रेसको ‘लखपति एक्स्प्रेस २०७६-न यति न उति सिधै लखपति’ उपहार योजना
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्मचल्ने “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १०जनाले रु. २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु. १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने १ जनालाई रु १००,००० उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु. १०,००,०००जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गतेसम्म लागू हुने जनाइएको छ ।