जनसेवी र स्वाभिमान लघुवित्तको आइपीओ खुला, कति कित्ता भर्न पाइने ?
काठमाडौं । जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर(आइपीओ) आजदेखि खुल्ला भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर खुला भएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । उक्त शेयरमध्ये ५ प्रतिशतले हुने २३ हजार १६५ कित्ता शेयर म्युचुअल फण्ड र ७ हजार १४५ कित्ता कर्मचारीलाई वितरण गरी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि खुला हुने भएको हो । उक्त शेयरका लागि न्यूनतम १० देखि अधिकतम १००० कित्ताका लागि आवेदन दिन सकिन्छ । सर्बसाधारणलाई वितरण हुने शेयर कुल ४३ हजार २९९ जनाले १०-१० कित्ता शेयर प्राप्त गर्नेछन् । यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको एक लाख ९८ हजार ६१० कित्ता शेयर खुला भएको छ । सर्वसाधारण शेयर (आईपिओ) मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको जनाएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले आवदन गर्न सक्ने सक्नेछन् । आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ । बैशाख २७ गतेदेखि ३१ गतेसम्म दुबै लघुवित्तको शेयर आवेदन दिन सकिने जनाइएको छ ।
यूनाइटेड फाइनान्सबाट महालक्ष्मीको बीमा सेवा पाइने
काठमाडौँ । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देशभर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
नेशनल माइक्रो फाइनान्सको समीक्षा, ‘५० शाखाबाट ३५ जिल्लामा सेवा’
काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले चालु आव २०७५/०७६ को समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै अगामी आव २०७६/०७७ को कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला गोष्ठी पोखरामा सम्पन्न गरेको छ । संस्था संचालक समितिका अध्यक्ष केशवप्रसाद अर्चायले कार्यक्रमको उद्घाटन गरे । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हालसम्मको प्रगती र आगामी बर्षको रणनीतिका बारेमा जानकारी गराए । कार्यक्रममा संस्थाको सातै प्रदेशको सबै शाखाको प्रमुखहरुका साथै केन्द्रीय कार्यालयको सबै विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन विभागीय प्रमुख सिताराम पण्डितले गरेका थिए । कार्यक्रम प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको सभापतित्वमा समापन भएको थियो । चालु आवको २०७५ चैत मसान्त सम्ममा ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुँच सातै प्रदेशका ३७ वटा जिल्लाका ७५ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको जनाएको छ । संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ४८ करोड र बचत रु. १ अर्ब १२ करोड भन्दा वढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।