नयाँ आर्थिक वर्षको दोश्रो दिन नै घट्यो नेप्से, ४१ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ । बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २७३.८४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर रु ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । त्यसमा वित्त ३.०३, उत्पादन ५.३९ र लघुवित्त ०.१८ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.३५, होटल २५.८८, विकास बैंक ४.३६, जलविद्युत् ७.५८, अन्य ०.७४, जीवन बीमा २७.६७ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकले रु पाँच करोड १७ लाख ६८ हजार ५०० बराबरको कारोवार गर्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ६१ लाख ५५ हजार ३६२, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ४५ लाख ९७ हजार १२, नेपाल बैंक लिमिटेड रु दुई करोड २८ लाख नौ हजार ६१५, प्रभु बैंक रु एक करोड ७९ लाख ६६ हजार ३३९ र एनआइसिएशिया बैंकको रु एक करोड ३० लाख ५१ हजार ८८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले ९.२४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.९४, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.८९, दिव्येश्वरी हाइड्रो ४.२३ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६३ प्रतिशतले कमाए । त्यस्तै मेरा माइक्रोफाइनान्स वित्तीय संस्था ६.८१, नविल इक्विटी फण्ड ५.५७, एशियन लाइफ इन्स्योरेन्स ३.२९, ज्योति विकास बैंक २.९४ र पाँचथर पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाए ।

प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष महर्जनले राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट लिए सपथ

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष किशोरकुमार महर्जनले आज सपथ लिएका छन् । असार २९ गते सम्पन्न बार्षिक साधारण सभाबाट निर्वाचित ६ जना निर्वाचित संचालकहरु मध्येबाट अध्यक्षमा महर्जन चयय भएको हुन् । साउन २ गते नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक कार्यक्रम बीच उनलाई शपथ ग्रहण गराएका हुन् । सो अवसरमा नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । अध्यक्षको शपथ ग्रहण गरे लगत्तै उनले नवनिर्वाचित अन्य संचालकहरुलाई विधिवत रुपमा शपथ ग्रहण गराएको कम्पनी सचिव विशाल हुमागाईँले जनाएका छन् ।

नयाँ आवमा सेयर बजारमा उत्साह, १५ अंकले बढ्यो

काठमाडौ । नयाँ आर्थिक बर्ष २०७६/०७७ को पहिलो दिन नेप्से परिसूचकले १५.८५ अंकले बढेको छ । नयाँ आवको पहिलो र साताको चौथो दिन बुधबार परिसूचक १.२६ प्रतिशतले बढ्दा १२७४.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ७५ हजार १ सय ९० कित्ता सेयर किनबेच हुँदा ४२ करोड ६७ लाख ४३ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको हो । आज नेप्सेका २ सूचक राता देखिए भने अन्यमा हरियाली छायो । होटल समूह २७.२ र वित्तीय क्षेत्र १.६२ अंकले घटेका छन् । बैंक समूह १६.६९, विकास बंैक २७.३५, जलविद्युत १८.७३, निर्जीवन बीमा ५५.०२, उत्पादनमूलक समूह ३५.२८, अन्य २.९२, माइक्रोफाइनान्स २५.९८, जीवन बीमा समूह ४९.६९ अंकले बढेका छन् । उन्नती माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका भने सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ अंकले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।