आरएसडिसी लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ७३ करोड १९ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८० करोड ५० लाख रुपैयाँ पुग्ने छ ।
अब वालेटबाटै रेमिट्यान्स गर्न सकिने, नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेसबीच भयो सम्झौता
काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रा.लि. ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । जसका लागि नेपाल पेमेन्ट सोलुसनका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो प्रयास बाट सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुर्याउने गर्दछ । यो प्रणालीले सेवाग्राहीलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्स भन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने गर्दछ । यो एक कस्टोमाइज गरिएको वित्तिय समाधान हो । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ । यो प्रक्रियाले गर्दा धेरै छिट्टो रकम पठाउन सकिन्छ । यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो । रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोगसँगै रेमिट्यान्स कम्पनी तथा बैंक तथा वित्तिय संस्थाहरु आफ्नो प्लेटफर्म तथा ग्राहकलाई सशक्त बनाउन लागी परेका छन् । नेपाल पेमेन्ट सोलुसन प्रा। लि। एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले बैंक तथा वित्तिय संस्थाहरु तथा बिभिन्न भुक्तानी सेवा प्रदायकको नेटवर्क तयार गरी भुक्तानी एबम ट्रान्स्फरको क्लियरिङ्गग तथा सेटल्मेन्टको कार्य गरी आफ्नो सेवा बिस्तार गरी रहेको छ । कम्पनीले आईएमई पे, प्रभु पे, खल्ती, नमस्ते पे जस्ता भुक्तानी सेवा प्रदायकहरुलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारीमा रहेकोछ ।
सूर्योदय र वोमी लघुवित्त मर्ज हुने, नेप्सेले रोक्यो सेयर कारोबार
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच भदौ १५ गते साँझ ५ बजे सम्झौता भएको हो । यससँगै दुई संस्थाको सेयर कारोबार भदौ १६ गतेदेखि रोक्का भएको छ । उक्त मर्जरमा जाने प्रयोजनको लागि नेपाल स्टक एक्स्चेञ्जले उनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । अब उक्त प्रकृया सम्पन्न भई दुई संस्थाबीच एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा सेयर कारोबार खुल्ने छ । सूयोदय लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । ‘घ’ वर्घको राष्ट्रियस्तरको कार्य क्षेत्र भएको यस संस्थाले २०७० साल असार ६ गते नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो । त्यस्तै, ‘घ’ वर्घको राष्ट्रियस्तरको कार्य क्षेत्र भएको वोमी लघुवित्तले २०६८ फागुन १९ गते नेपाल राष्ट्र बैंकको इजाजत पाएको थियो । जसको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको साँगामा रहेको थियो ।