समृद्धि फाइनान्समा खाता खोल्दा सिमकार्ड सित्तैमा
काठमाडौं । समृद्धि फाइनान्समा खाता खोल्दा एनसेलको सिमकार्ड नि:शुल्क पाइने भएको छ । नयाँ खाता खोल्दा एनसेलको ५० रुपैयाँ व्यालेन्स भएको सिमकार्ड पाइने स्किम फाइनान्सले ल्याएको हो । फाइनान्समा ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए । फाइनान्सले मुद्दति निक्षेपमा १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहितका विभिन्न बचत खाताहरु संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ ।
पशुपतिक्षेत्र विकास कोषलाई ‘समृद्धि’को झोला
काठमाडौं । समृद्धि फाइनान्सले पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषलाई झोला वितरण गरेको जनाएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जनाए । फाइनान्सले मुद्दति निक्षेपमा १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहितका विभिन्न बचत खाताहरु संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
मल्पी इन्टरनेशनल कलेजको आयोजनामा लगानी साक्षरता बुट क्याम्प सम्पन्न
काठमाडौं । मल्पी इन्टरनेशनल कलेजद्वारा आयोजित लगानी साक्षरतासम्बन्धी बुट क्याम्प सम्पन्न भएको छ । कलेजको सेन्टर फर फाइनान्स, किङ एण्ड इन्स्योरेन्सद्वारा आयोजित क्याम्प गत ६ मार्चदेखि ११ मार्चसम्म सञ्चालन भएको थियो भने कर्पोरेट साझेदारहरूसँगको सहकार्यमा सम्पन्न भएको कलेजले जनाएको छ । बुट क्याम्पमा सहभागी सबैलाई निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको थियो । सहभागीहरूलाई नेपालको सेयरबजारमा आफ्नो लगानी कसरी सुरू गर्नेसम्बन्धमा आधारभूत कुराहरूको जानकारी दिइएको थियो । बुट क्याम्प सेयरबजारमा आफ्नो यात्रा सुरु गर्ने योजनामा रहेकाहरूको लागि विशेष थियो । यस बुट क्याम्पमा यस क्षेत्रका विशेषज्ञहरूमार्फत सबैलाई सेयरसम्बन्धी जानकारी प्रदान गरिएको थियो। प्रस्तुतिसहित सत्रको सबै रेकर्डिङहरू एनसेलपाठशालाको वेबसाइटमार्फत हेर्न सकिने कलेजले जनाएको छ ।