भोलि बुधबार सेयर बजार बन्द

काठमाडौं । भोलि (साउन ६ गते) बुधबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद-उल-अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । उक्त निर्णय साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन सेयर कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार साउन ७ गते बिहीबार मात्रै नियमित खुल्ने छ । मंगलबारको बजारमा उतारचढाव देखिएको छ । सो दिन नेप्से परिसूचक ९ अंकले घटेर २९८५ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब बढीको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल एग्रो लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज(साउन ५ गते) मात्रै संस्थाको १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त लाभांश सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

स्थगित मध्य भोटेकोशीको आईपीओ पुनः आजदेखि खुल्यो

काठमाडौं । स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर आज(साउन ५ गते) मंगलबारदेखि पुनः बिक्री खुला हुने भएको हो । कम्पनीले गत बैशाख २१ गतेदेखि स्थानीय समूहको लागि कूल ६० लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । बैशाख २३ गतेसम्म बिक्री भई बाँकी रहेको सेयर कम्पनीले आजबाट बिक्री खुला गर्ने छ । यससँगै कम्पनीले छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गतेसम्म उक्त सेयरको बिक्री खुला गर्ने छ । जसमा स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । साथै, यसअघि आवेदन दिईसकेका आवेदकले भने पुनः आवेदन दिन नपाउने कम्पनीले जानकारी गराएको छ । यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सक्नेछन् । यसका अलावा ईसेवा, आईएमई पेको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलको वेबसाइटबाट आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ ।