मनकामना स्मार्टको आईपीओ बाँडफाँडः भाग्यमानीले पाए ११ कित्ता, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड आज (असार २८ गते) बिहान साढे ९ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको हो । क्यापिटलले सेयर निष्काशन बन्द गरेको साता दिनमै सेयर बाँडफाँड गरेको हो । संस्थाले गत असार १७ गतेदेखि २१ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २ हजार ७५३ आवेदकको आवेदन रद्द भएको छ भने बाँकी आवेदन भने रितपूर्वक परेका क्यापिटलले जनाएकाे छ । संस्थाको सेयरमा मागभन्दा बढी आवेदन परेको थियो । यसससँगै क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट बाँडफाँड गरेको हो । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ३६ हजार ३४९ जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् । त्यससँगै १० कित्ताभन्दा बढी माग गर्नेमध्ये २ जनाले सीडीएससीकोबाँकी रहेको २ कित्ता सेयर १/१ कित्ता गरी कूल ११ कित्ता सेयर हात पारेका छन् । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे । यससँगै उक्त आईपीओ रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरो सेयर तथा सीडीएससीको आईपीओ रिजल्ट वेबसाइट मार्फत हेर्न सकिनेछ ।

अब युरोपबाट रकम पठाउन थप सजिलो हुने

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युरोपको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन थप सहज भएको छ । यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै पाउन सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ । इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिटे्यान्स् कम्पनी हो, जसले इयु, बेलायत, जर्जिया, युक्रेन, सोभियत पश्चात् अन्य राज्यहरू लगायत ५० बढि राज्यमा रेमिट्यान्स् कारोबार गर्दछ । यसका ग्रीस, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ । यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत सेवा दिँदै आएको छ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

बजार विकासको लागि हाम्रा दुईटा माग पुरा होस्ः लगानीकर्ता रौनियार

काठमाडौं । नेपाल इन्भेष्टर्श फोरमका अध्यक्ष छोटेलाल रोनियारले धितोपत्र बजारको विकासको लागि मात्र दुई वटा माग राखेका छन् । उनले पुँजीबजारको विकास तथा विस्तारको लागि यथाशिघ्र बैंक तथा सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन र कमिशन घटाउन माग गरेका हुन् । शुक्रबार आर्थिक वर्ष २०७८।७९ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीति तथा कार्यक्रमको लागि सुझाव दिँदै उनले सो बताएका हुन् । साथै, उनले हाल कार्यान्वयनमा आएको ब्रोकरको कमिसशन पुनः घटाउन धितोपत्र बोर्ड समक्ष माग गरेका छन् । त्यस्तै, उनले बजारमा केही कम्पनीको मात्र सेयर बढेकोले इन्डेक्स बढेको दावी गरेका छन् । तर, वित्तीय विवरण राम्रा भएका तथा फण्डामेन्टल्ली स्ट्रङ देखिएका कम्पनीको सेयर मूल्य नबढ्नु दुःखद रहेको उनको भनाई छ ।