जीवन विकासको आईपीओमा नयाँ रेकर्ड, पौने २१ लाखले भरे सेयर
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । जसले पछिल्लो समयको आईपीओमा आवेदनकाे रेकर्डलाई तोडर नयाँ रेकर्ड राख्न सफल भएको छ । संस्थाले जारी गरेको आईपीओमा आन्तिम दिनसम्ममा पौने २१ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आजसम्ममा २० लाख ८४ हजार ७६२ जनाले संस्थाको ३ करोड १२ लाख ६६ हजार २६० कित्ता सेयर माग गरेका छन् । तर यो तथ्यांक अन्तिम नभएको क्यापिटलले जानकारी गराएको छ । उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १६.९२ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको थियाे । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे थियाे ।
कमोडिटी मार्केट खाेल्न न्यूनतम पुँजी डेढ अर्ब, ऋण लिएर सेयर किन्न बन्देज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी मार्केट सञ्चालन गर्ने निर्देशिका लागू गरेको छ । बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ बमोजिम ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका’ बनाई आज (असार १५ गते)देखि लागू गरेको हो । यससँगै उक्त मार्केट सञ्चालन गर्नको संस्थाले अनुमतिको लागि बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । उनीहरुले तोकिएबमोजिम विवरण तथा निवेदन शुल्क २५ लाख रुपैयाँ बुझाउनु पर्ने बोर्डले जनाएको छ । उक्त कारोबार गर्ने संस्थाको चुक्ता पुँजी न्युनतम साढे एक अर्ब हुनुपर्ने छ । बोर्डले कारोबार गरिने वस्तुलाई दुई भागमा विभाजनको गरेको छ, जसमध्ये एउटालाई न्युनतम साढे १ अर्ब रुपैयाँ चुक्ता पुँजी र अर्कोको न्युनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने बोर्डले जानकारी गराएको छ । त्यस्तै, उक्त मार्केट सञ्चालन गर्ने संस्थाको संस्थापक(व्यक्ति, स्वदेशी र रणनीतिक साझेदार संस्था) ले कम्तीमा ५१ प्रतिशत र बढीमा १०० प्रतिशत सेयर लगानी गर्नु पर्ने छ । र, प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्ने छन् । उनीहरुले लगानी गर्ने रकम बैंक, वित्तीय संस्था लगायतका ऋण सापटी लिएको रकम प्रस्तावित संस्थामा लगानी गर्न नपाउने बोर्डले जनाएको छ । नेपालमा कमोडिटी मार्केट सञ्चालन गर्ने कम्पनी स्थापन गर्न बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति दिने प्रकृयालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन आवश्यक भएकोले बोर्डले उक्त निर्देशिका लागू गरेको हो । यस्तो छ अन्य व्यवस्था [pdf id=282648]
जीवन विकास लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?
काठमाडौं । जीवन विकास लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार ११ गतेदेखि सेयर निष्काशन भएको संस्थाको आज(असार १५ गते) ४ कार्यदिनसँगै बिक्री बन्द हुने भएको हो । यससँगै इच्छुकले आज अपरान्ह ५ बजेभित्र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । साथै, हालसम्म १९ लाख बढीले संस्थाको सेयरमा आवेदन दिइसकेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजेसम्ममा १९ लाख ४६ हजार ७३५ जनाले २ करोड ९३ लाख २१ हजार कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५.८७ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । थप सामाग्री जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव