निरन्तर बढेको महिला लघुवित्तको उकालो यात्रामा ब्रेक, पहिलो पटक नेगेटिभ सर्किट

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर उकालो लागेको महिला लघुवित्त वित्तीय संस्था सेयर मूल्यमा गिरावट देखिएको छ । दैनिक पोजेटिभ सर्किट लागेको बढेको संस्थाको सेयर मूल्य आज (बैशाख २६ गते) घटेर नेगेटिभ सर्किट लागेको छ । संस्थाले हालै सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ) जारी गरी गत चैत ३ मात्र दोश्रो बजारमा प्रवेश गरेको थियो । चैत ३ गतेदेखि बैशाख २६ गतेसम्ममा कूल ३६ दिन सेयर कारोबार खुल्यो । यो अवधिमा नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो । अधिकांश कम्पनीको सेयर मूल्य कहिले घट्ने त कहिले बढ्ने भइरह्यो । तर, बैशाख २५ गतेसम्म महिला लघुवित्तको सेयर मूल्यमा भने निरन्तर सर्किट लागेको थियो । गत बिहीबारको कारोबारसम्म बजारमा देखिएको तीव्र उतारचढावले संस्थाको सेयर मूल्यमा कुनै असर गरेको थिएन । तर आज बैशाख २६ गते कम्पनीको इतिहासमै पहिलो पटक सेयर मूल्य घटेको छ । पछिल्लो कारोबारको तुलनामा संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५०३ रुपैयाँले घटेको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता ५ हजार ३० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य आइतबार घटेर प्रतिकित्ता ४५२७ रुपैयाँमा झरेको छ । आइतबार कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको ४ हजार ५२७ पटकको कारोबारमा ५१ हजार ८८ कित्ता सेयर किनबेच भएको हो । यससँगै आइतबार संस्थाको बजार पुँजीकरण ४ अर्ब ५२ करोड ७० लाख रुपैयाँ रहेको छ ।

९ महिनामा हिमालयन डिष्टिलरीले गर्यो पौने ४ अर्ब माथिको कारोबार, खुद नाफामा पनि सुधार

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा पौने ४ अर्ब माथिको कारोबार गरेको छ । जुन गत आवको तुलनामा ९ प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीले खुद नाफा ५३.८९ प्रतिशतले बढाएको छ । गत आवमा ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ६७ करोड २७ लाख नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवसम्मको नाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १००.७६ रुपैयाँबाट बढेर १०३.३८ रुपैयाँ र तरलता अनुपात १.९६ बाट बढेर २.७४ पुगेको छ । यसकारण बढ्यो सेयर कारोबार गत वर्ष प्राप्त कारोबार भन्दा यस वर्षको चैत मसान्तसम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता नै रहेको कम्पनीले जानकारी गराएको छ ।

‘एनआईबिएल समृद्धि फण्ड-२’ को इकाई बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल समृद्धि फण्ड-२’ को इकाई बाँडफाँड भएको छ । क्यापिटलले आज (बैशाख २४ गते) उक्त इकाईको बाँडफाँड गरेको हो । क्यापिटलले १० रुपैयाँ अंकित दरको १२ करोड इकाईहरु बैशाख १३ गतेदेखि बैशाख १६ गतेसम्म निष्काशन गरेको थियो । जसमा संस्थाले माग गरेको भन्दा १.२१ गुणा बढी आवेदन परेको थियो । उक्त योजनामा ६७ हजार ७६ जना आवेदकले १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन दिएका थिए । जसमध्ये ६४ हजार ५१४ जनाले दिएका १४ करोड ५२ लाख ९५ हजार ४०० इकाई रितपूर्वक रहेको भने बाँकी १ करोड १० लाख ८ हजार ५९० इकाई रद्द भएको क्यापिटलले जनाएको छ । योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँको जम्मा २० प्रतिशत बीज पुँजीको रुपमा लगानी गर्नु पर्ने रकम ३० करोड रुपैयाँमध्ये २९ करोड रुपैयाँको २ करोड ९० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेण्ट बैंक, एक करोड रकम बराबरको १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँड गर्नु पर्ने व्यवस्था थियो । यससँगै १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । रिजल्ट हेर्न यसमा क्लिक गर्नुहाेस्