ग्लोबल आईएमई लघुवित्तको सेयर सूचीकृत, सोमबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । साविकको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात संस्थाको सो मात्राको सेयर आज(जेठ २३ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सूचीकृत सेयर भोलि(जेठ २४ गते) सोमबारदेखि दोश्रो बजारमा कारोबार हुने छ । ग्लोबल आईएमई लघुवित्तले पोखरामा रहेको स्पर्स लघुवित्तलाई १ बराबर ०.९० को अनुपातमा प्राप्ति गरेको थियो । स्पर्सलाई प्राप्ती पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४३ करोड रुपैयाँभन्दा बढी पुगेकाे छ । त्यस्तै, संस्थाले ९५ वटा शाखा मार्फत १ लाख १५ हजार ग्राहक सदस्यमा सेवा पुग्ने छ वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृतले बताए । सम्बन्धित समाचार ग्लोबल आईएमई लघुवित्तको २८.९२ प्रतिशत लाभांश पारित, स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने

नागरिक लगानी कोष र मल्टीपर्पस फाइनान्सले तोके बुक क्लोजको मिति

काठमाडौं । नागरिक लगानी कोष र मल्टी पर्पस फाइनान्सले बुक क्लोजको मिति तय गरेका छन् । यी दुबै कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तोकेका हुन् । जसमध्ये नागरिक लगानी कोषले आगामी असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको साधारणसभा आगामी असार १८ गते शुक्रबार २ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित कोषको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितकाे प्रस्तावलाई अनुमाेदन गर्ने छ । सभाले पारित गरेसँगै सेयरधनीले चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ८.८९४७ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश असार ७ गतेसम्म कम्पनीकाे सेयर किन्ने सेयरधनीले मात्र पाउने छन् । नागरिक लगानी कोषले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने त्यस्तै, मल्टी पर्पस फाइनान्सले आगामी जेठ २४ गते बुक क्लोजको मिति घोषणा गरेको छ । संस्थाले आगामी असार ६ गते ११ बजे आफ्नो २३औं साधारण सभा आव्हान गरेको छ ।

सभाले पारित गरेको नारायणी डेभलपमेन्ट बैंकको हकप्रद परिमार्जन, राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रस्तावित २०० प्रतिशत हकप्रद परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकको हकप्रद प्रस्तावलाई परिमार्जन गरी १ बराबर १ को अनुपात (१०० प्रतिशत) मा हकप्रद जारी गर्न स्वीकृति दिएको हो । यसअघि विकास बैंकले चुक्ता पुँजीको १ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । जुन गत माघ १६ गतेसम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभाले समेत पारित गरेको थियो र स्वीकृतिको लागि राष्ट्र बैंक पठाइएको थियाे । तर, राष्ट्र बैंकले उक्त हकप्रद परिमार्जित गरेर १ः१ को अनुपातमा जारी गर्न संस्थालाई जेठ २० गते स्वीकृति दिएकाे हाे । यससँगै, विकास बैंकले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद जारी पश्चात २६ करोड २४ लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचार नारायणी डेभलपमेन्ट बैंकले थप २०० प्रतिशत हकप्रद जारी गर्ने, बुक क्लोज कहिले ? नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने, पायो बाेर्डकाे अनुमति