बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक
काठमाडौँ । बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक भएको छ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बजारमा ल्याएका छन् । राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ सार्वजनिक गरिएको हो । गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ । हेर्नुहोस् भिडियो :
चर्चामा प्रकाश सपुतकाे दोहोरी ब्याटल २
काठमाडौँ । सामाजिक संजालमा र मिडियामा दोहोरी ब्याटल २ भनेर बजारमा आएको प्रकाश सपुत र प्रिती आलेको गीत निकै चर्चामा छ। चर्चा आएपछी ब्याटल २ को टिमले औपचारिक कार्यक्रम राखेका थिए । समाजलाई एउटा बिकिर्ती फैलाएको भन्दै उनीहरुको गित चर्चामा आएको छ । यस गीतमा टिमको भनाई यो एक र्याप गीतलाई दोहोरिमा ढालेर गाएको यस टिमको भनाई छ । यस दोहोरी बातले गीतको गायक प्रकाश सपुत र प्रीति आले को गीतमा बिभिन्न कारणको विवाद आएपछि उनिहरुले यो कार्यक्रम राखेको उनीहरुले बताएको छन। यस कार्यक्रममा दोहोरी बातलेको केहि अंस गाएर सुनाएको थिए । यस गित दोहोरी र र्याप मिक्स भएको गित रहेको उनीहरुले जानकारी गराएको छन । यो गित लोक मेलोडीको रहेको बताए । ब्याटल १ मा जस्तो बाटेल २ मा त्यस्तो नकरात्मक अरुले नसोचेको उनि हरुले बताएको छन । बोल माया बाट चर्चामा आएको प्रकाश सपुतले बोल माया गित पनि सुनाएको थिए अन्त्यमा सम्पूर्णले यसरी नै साथ र सपोर्ट गर्न आग्रह गरेका छन । यस्ताे छ कुराकानी :
युट्युबमा ६२ घण्टामा १० करोड पटक हेरियो, कोरियाली ब्ल्याकपिङ्कको भिडियो
काठमाडौं । दक्षिण कोरियाली पप सङ्गीतको समूह ब्ल्याकपिङ्ककाे म्युजिक भिडियो युट्युबमा सबैभन्दा धेरै १० करोड पटक हेरिएर कीर्तिमान राख्न सफल भएको छ । ‘किल दिस लभ’ नामक भिडियाले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्काे कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमानलाई भङ्ग गरेको हो । युट्युबका अनुसार पहिलो दिनमा सो भिडियोले ५ करोड ६७ लाख पटक हेरिएको थियो । सो भिडियो सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा बढी हेरिएर कीर्तिमान कार्यम राख्न ब्ल्याकपिङ्क सफल भएको जनाएको छ । यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडियोले कीर्तिमान बनाउन सफल भएको छ । युट्युबमा २४ घण्टामा बढी हेरिएको भिडियो यस्ता छन् ः १. ब्ल्याकपिङ्क किल दिस लभ, ५ करोड ६७ लाख २. आरियाना ग्रान्डे, थ्याङ्क्रयु नेक्स्ट, ५ करोड ५४ लाख ३. बीटीएस आइडल अफिशल, ४ करोड ५९ लाख ४. टेलर स्विफ्ट लुक ह्वाट यू मेड मी डु, ४ करोड ३२ लाख ५. एमिनेम किलसट, ३ करोड ८१ लाख सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन् । ब्ल्याकपिङ्कले सन् २०१६को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो । यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ‘डु डु डु’ भिडियो युट्युबमा बढी हेरिएको कोरियाली पप भिडियो बनेको थियो । भिडियो हेर्नुहोस् ।