प्रियंका र दिलीप ‘पशुपतिमा सुनैको गजुर’ मा पहिलो पटक (भिडियो सहित )

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनयमा देखा परेको छन् । ‘पशुपतिमा सुनैको गजुर’ गीत नयाँ वर्षको दिन सार्वजनिक गरिएका हुन् । दुर्गा खनाल घिमिरेकाे रचना रहेकाे गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन् । संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने गीत र म्युजिक भिडियो मार्फत देखाईएको छ । अभिनेता दिलिप प्रियकां कार्कीका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक पशुपतिमा सुनैको गजुरमा गीतमा देख्न सकिन्छ । नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत गायिका मेलिना राईले स्वर दिएकी छन् । गीतमा बसन्त सापकोटाले संगित दिएका छन् । भिडियोलाई गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ कोअवसर पारेर सार्वजनिक गरेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।  

बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक

काठमाडौँ । बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक भएको छ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बजारमा ल्याएका छन् । राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ सार्वजनिक गरिएको हो । गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ । हेर्नुहोस् भिडियो :

चर्चामा प्रकाश सपुतकाे दोहोरी ब्याटल २

काठमाडौँ । सामाजिक संजालमा र मिडियामा दोहोरी ब्याटल २ भनेर बजारमा आएको प्रकाश सपुत र प्रिती आलेको गीत निकै चर्चामा छ। चर्चा आएपछी ब्याटल २ को टिमले औपचारिक कार्यक्रम राखेका थिए । समाजलाई एउटा बिकिर्ती फैलाएको भन्दै उनीहरुको गित चर्चामा आएको छ । यस गीतमा टिमको भनाई यो एक र्याप गीतलाई दोहोरिमा ढालेर गाएको यस टिमको भनाई छ । यस दोहोरी बातले गीतको गायक प्रकाश सपुत र प्रीति आले को गीतमा बिभिन्न कारणको विवाद आएपछि उनिहरुले यो कार्यक्रम राखेको उनीहरुले बताएको छन। यस कार्यक्रममा दोहोरी बातलेको केहि अंस गाएर सुनाएको थिए । यस गित दोहोरी र र्याप मिक्स भएको गित रहेको उनीहरुले जानकारी गराएको छन । यो गित लोक मेलोडीको रहेको  बताए । ब्याटल १ मा जस्तो बाटेल २ मा त्यस्तो नकरात्मक अरुले नसोचेको उनि हरुले बताएको छन । बोल माया बाट चर्चामा आएको प्रकाश सपुतले बोल माया गित पनि सुनाएको थिए अन्त्यमा सम्पूर्णले यसरी नै साथ र सपोर्ट गर्न आग्रह गरेका छन । यस्ताे छ कुराकानी :