सानिमा बैंकले माग्यो कर्मचारी

काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले कर्पोरेट पदका लागि ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि कर्मचारी माग गरेको जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकाे माग गरेको हो । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर पुस २७ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।  

एलिट मर्चेन्ट क्यापिटलले माग्यो कर्मचारी

काठमाडौं । एलिट मर्चेन्ट क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले इन्भेष्टमेन्ट म्यानेरमा १ जना, कर्पोरेट एडर्भासरी हेडमा १ जना, एकाउन्ट फाइनान्स हेडमा १ जना र सिनियर असिस्टेन्टमा ४ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २१ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।  

कृषि विकास बैंकका सीईओको कार्यकाल सकियो, नदोहोर्याउने मुडमा सञ्चालक समिति

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायको कार्यकाल सकिएको छ । ४ वर्षअघि अर्थात् २०७५ पुस १० गते बैंकको सीईओ पदमा नियुक्त भएका उनको पहिलो कार्यकाल आज सकिएको हो । यससँगै अब बैंकको सञ्चालक समितिले कार्याकाल थप्यो भने सीईओ उपाध्याय दोहोरिन चाहेका छन् । तर, पछिल्लो समय बैंकको स्थिति कमजोर बन्दै गएकाले सञ्चालकहरुले दोहोर्याउन नचाहेको उच्च श्रोतले बताएको छ । यद्दपि हालसम्म भने उनको कार्यकाल दोहोरिन्छ की दोहोरिँदैन भन्नेमा भने स्पष्ट निर्णय हुन सकेको छैन । बैंकका अध्यक्ष रमेश दुवाडी भने आजभोलि नै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्ने बताउँछन् । ‘बैंकको सीईओमा दोहोर्याउने वा नदोहोर्याउने भनेर निर्णय आज हुन्छ, अहिलेसम्म निर्णय भएको छैन, हामीले मात्रै चाहेर हुँदैन,’ उनले भने, ‘सञ्चालहरुले बैंकको अवस्था खस्किएको हुनाले हुँदैन भन्नु भएको छ, समय थोरै भएकाले आजभोलि मै निर्णय हुन्छ ।’ यता सीईओ उपाध्यायले भने आफ्नो कार्यकालमा कृषि विकास बैंकलाई एक अब्बल सरकारी बैंकका रुपमा माथि पुर्याएको दावी गरेका छन् । विकास बैंकजस्तो बैंकलाई वाणिज्य बैंकको रुपमा चिनाउन आफ्नो ठूलो योगदान रहेको उनी बताउँछन् । उनको आगामी योजना पनि बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने छ । आफ्नो स्वास्थ्यले साथ दिएसम्म बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने बताउँदै उनले भने ‘बैंकको सञ्चालक समितिले दोहोर्याएन भने ३४ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको छुँ, यो अनुभवलाई कतै न कतै साट्न योजना बनाउँछु,’ उनले भने ।