प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा शर्मा र बिजुक्छे नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा नमिता शर्मा र बिबेक बिजुक्छेलाई सञ्चालक पदमा नियुक्त गरेको हो । जसमध्ये शर्मा कम्पनीको सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । त्यस्तै, सञ्चालक बिजुक्छे कम्पनीको संस्थापक समूहबाट नियुक्त भएका हुन् ।
सिटिजन्स बैंकमा काम गर्ने अवसर, दरखास्त दिन अब दुई दिन बाँकि
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्टका लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । साथै बैंकले कर्पोरेट कम्युनिकेशन डिपार्टमेन्ट (हेड) का लागि अफिसर एकजना, रिलेशनसिप अफिसर, अपरेशन इन्चार्ज, लिगल अफिसर, ब्रान्च अपरेशनका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ भने ह्युमन रिर्सोसेस डिपार्टमेन्टका लागि जुनियर अफिसरमा एकजना कर्मचारीको माग गरेको छ । बैकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंसिर ७ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
स्टार्टअप मार्केटिङ कन्टेन्ट व्यवसायको लागि तीन आइडिया
एजेन्सी । व्यवसायको शुरुवात गर्दा थोरै स्रोत र साधनहरुको सहायताले धेरै र ठूला समस्याहरुलाई समाधान गर्नुपर्ने हुन्छ । सामान्य सिद्धान्तले के भन्छ भने जति सक्दो तपाईंको ध्यान आफ्नो प्रयासतर्फ केन्द्रित गर्नुहोस ताकी तपाईंले उच्च सफलता हासिल गर्न सक्नुहोस । तपाईंको परियोजनाको मार्केटिङको लागि तपाईंसँग दर्जनौ स्टार्टअप मार्केटिङ रणनीति हुनसक्छन् । ती रणनीतिहरुलाई प्रभावकारी ढंगले लागु गर्ने क्षमता नहुनसक्छ । त्यसैले तपाईंले सबैभन्दा प्रभावकारी रणनीतिलाई छनोट गर्न जरुरी हुन्छ । त्यसैले तपाईंलाई कन्टेन्ट मार्केटिङको लागि उपयोगी हुने केही विषयको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । १. बजेटको व्यवस्था यदी तपाईंले अधिक मूल्यको भिडियो सामग्री उत्पादन गर्न चाहनुहुन्छ भने त्यसको लागि निकै धेरै लगानी लाग्न सक्छ । तर, यदी तपाईंले आफ्नो बल्ग वा सोसल मिडियामा लेख्नुहुन्छ भने निकै सस्तो लगानीमा पनि ती कुराहरु सम्भव छ । त्यसमा तपाईंको समय मात्रै खर्च हुन्छ । व्यवसायको शुरुवात गर्दा तपाईंसँग धेरै पूँजीको व्यवस्था नहुनसक्छ । तर, तपाईंसँग लगानी जुटाउने, व्यवसाय र मार्केटिङको लागि रणनीति तयार गर्नेजस्ता राम्रोसँग सोँचविचार गरेर लामोसमयसम्म नाफा आर्जन गर्ने योजना निर्माण गर्न भने प्रशस्त समय रहेको छ । तपाईंले स्रोतहरुको वृद्धि गरेर कन्टेन्ट मार्केटिङलाई विकास गर्न सक्नुहुन्छ । शुरुमा सानो आकारबाट नै व्यवसायको शुरुवात गर्नुहोस र तपाईंलाई सो व्यवसाय दीर्घकालिन रुपमा राम्रो र फलदायी हुन्छ भन्ने अनुभूति भएपछि प्रशस्त लगानी जुटाउनेतर्फ अगाडि बढ्दा राम्रो हुन्छ । २. गुणस्तरीय र पहिलो सामग्री उत्पादन तपाईंले उत्पादन गरेको सामग्रीको गुणस्तरले नै तपाईंको व्यवसायको शुरुवाती अवस्थालाई सहयोग पुर्याउँछ । पाठकमा भएको समस्या र आवश्यकतालाई लक्षित गरेर तपाईंले सामग्री उत्पादन गर्न सक्नुभयो भने त्यसले तपाईंको सामग्रीको पाठकलाई स्थिर बनाउँछ । तपाईंले उत्पादन गरेको सामग्रीमाथि हुने चर्चाले तपाईंको व्यवसायलाई थप परिस्कृति र सुदृढ हुन सहयोग पुर्याउँछ । तपाईंले उत्पादन गरेको सामग्री जस्तै : अन्तर्वार्ता, फिचर आदि बजारमा पहिलो र नेतृत्वदायी बन्न सक्नुपर्छ । ३. राम्रो प्रविधिमैत्री रणनीतिको निर्माण पछिल्लो समयमा कन्टेन्ट मार्केटिङ व्यवसायको निकै ठूलो सम्भावना बढ्दै गएको देखिन्छ । यदी तपाईंले उपभोक्ता वा पाठकलाई उपयोगी हुने सामग्रीहरुको उत्पादन गर्न सक्नुभयो तपाईंको व्यवसाय अत्यन्तै धेरै विकास हुनसक्छ । जसले उनीहरुको जीवन र व्यवहारलाई बदल्न वा सहज हुनको लागि सहयोग पुर्याइरहेको हुनुपर्छ । इन्टरनेटबाट उत्पादित सामग्रीलाई भाइरल बनाउन सजिलो हुन्छ । तर, त्यसको लागि सामग्री उत्पादनमा राम्रो इन्जिनियरिङ गर्नुपर्ने हुन्छ । एउटा कन्टेन्ट मार्केटिङ गर्ने व्यक्तिले आफ्ना पाठक र सम्बन्धित साझेदार व्यवसायिक प्रतिष्ठानहरुलाई आफ्नो कन्टेन्टमार्फत प्रभावित पार्न सक्नुपर्ने हुन्छ । कन्टेन्ट मार्केटिङको विकासका लागि अनिवार्य रुपमा त्यसलाई धेरै मानिस र व्यवसायिक प्रतिष्ठानहरुमा जोड्न अनिवार्य हुन्छ । साथै इन्टरनेट वा गुगल सर्चमा पनि तपाईंले उत्पादन गरेको सामग्री खोज्दा शिर्ष स्थानमा आउनुपर्छ । तपाईंले उत्पादन गरेको सामग्रीमा विश्वसनियता भयो भने तपाईंले लगानी कटौती गर्दा पनि लामो समयसम्म आम्दानी भइरहने सम्भाना रहन्छ । अन्तिममा, सुझपूर्ण रुपमा निर्णय लिन सक्दा कन्टेन्ट मार्केटिङले तपाईंको जीवनमा ठूलो आम्दानी सिर्जना गर्न सक्छ । तर, मार्केटिङ कन्टेन्ट व्यवसायका लागि तपाईंसँग प्रविधि र रणनीति निर्माण गर्ने क्षमता हुन अनिवार्य हुन्छ ।