एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा. कट्टेल नियुक्त
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले चैत २९ गतेबाट लागू हुने गरी सीईओमा कट्टेललाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कट्टेलले चैत २९ गतेदेखि आगामी ४ वर्षसम्म संस्थाको कार्यकारी प्रमुखको कार्यभार सम्हाल्ने छन् ।
हिमालयन जनरलका नवनियुक्त सीईओले आईतबारदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले आईतबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । गत बुधबार कम्पनीको सीईओ पदमा नियुक्त भएका सीईओ शाहले आगामी आइतबार अर्थात फागुन १ गतेदेखि कार्यभार सम्हाल्न लागेका हुन् । गत माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सीईओ सुशील बज्राचार्यलाई बिदाइ गर्दै शाहलाई नयाँ सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार नवनियुक्त सीईओले फागुन १ गतेदेखि कार्यभार सम्हाल्ने बताएको छ । यता सीईओ शाहले पनि आइतबारदेखि कम्पनीमा हाजिर हुने विकासन्युजलाई जानकारी गराएका छन् । शाहको नियुक्ति स्वीकृतिको लागि कम्पनीले गत बुधबार नै बीमा समितिमा पत्र समेत पठाइसकेको छ । तर, बीमा समितिले भने हालसम्म स्वीकृति दिइसकेको छैन र स्वीकृति दिने प्रकृयामै रहेको समिति श्रोतले बतायो । कम्पनीका तत्कालिन सीईओ बज्राचार्यले डेढ वर्ष अघि नै कम्पनीबाट बाहिरिएका हुन् । २०७६ साउन १ गते ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरिएका हुन् । कम्पनीले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल यही माघ मसान्तसम्मको लागि कायम गर्ने निर्णय गरेसँगै उनी कम्पनीबाट बिदा भएका हुन् । सम्बन्धित सामाग्री: को हुन् सीईओ शाह ?
एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. केसी नियुक्त
काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले डा. केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उक्त पदमा डा. निर्मल कुमार बिष्ट रहेका थिए । उनको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै बैंकले डा. केसीलाई उक्त पदमा नियुक्त गरेको कम्पनीले सचिव सुरेश चापागाईंले जानकारी गराए ।