नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त भएका छन् । भदौ १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

इजरायल रोजगारीः भदौ अन्तिम सातादेखि भाषा परीक्षा

काठमाडौं । सरकारी तवरबाट इजरायलमा रोजगारीका लागि भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ । वैदेशिक रोजगार विभागले ‘केयरगिभर’ का लागि इजरायल जानेहरूको अंग्रेजी भाषको लिखित परीक्षा भदौ अन्तिम साता हुने जनाएको हो । विभागले परीक्षा केन्द्रका सम्बन्धमा पछि सूचना प्रकाशन गर्ने र परीक्षाको प्रवेश पत्र अनलाइनमार्फत उपलब्ध हुने जनाएको छ । यसअघि नै विभागले इजरायल रोजगारीमा सहभागी हुने नेपाली श्रमिकको लिखित र मौखिक परीक्षा लोक सेवा आयोग सरह हुने जनाएको थियो । सरकारले सम्झौताअनुसार इजरायल रोजगारी सरकारबाट हाल १ हजार जना सहायक कामदारको माग भएकोले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रिया बमोजिम ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिएका छन् । सरकारले पहिलो चरणमा १ हजार नेपाली श्रमिकलाई इजरायल रोजगारीमा पठाउने तयारी गरेको छ । जसअनुसार ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३ सय पुरुष रोजगारीका लागि जान पाउनेछन् । लामो समयको तयारी पश्चात नेपाली श्रमिकका लागि इजरायलमा रोजगारीका खुला गरेको हो । बिभागका अनुसार इजरायलमा रोजगारको लागि मासिक ५३०० एनआईएस तलब हुनेछ । जसको नेपाली विनिमय अनुसार करिब तलब एक लाख ९३ हजार रुपैयाँ बढी हुन आउँछ । सो तलब सातामा ४२ घण्टाको हिसावमा हुन्छ ।

अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर

काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास पाएपछि उनले राजश्व सचिव बन्ने अवसर पाएका हुन् । उनी एक महिना अगाडि मात्रै सचिवमा बढुवा भएका थिए ।