ग्रील तथा स्टील उद्याेगबाट १ लाख ६० हजार श्रमिक बेरोजगार-महासंघ
काठमाडौं । महामारीको कारण ठूलो क्षति व्यहोरिरहेका उद्योगीहरुलाई केही समय धैर्या गर्न ग्रिल तथा स्टील व्यवसायी महासंघले आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ का कारण गरिएको लकडाउनका कारण क्षति व्यहोरिरहेका उद्योगी तथा व्यवसायीहरुलाई धैर्य रहन आग्रह गरेको हो । विज्ञप्तीमा महासंघले यस्तो समयमा उद्योग संचालन गर्दा कर्मचारीलाई कार्यस्थलमा राखी दोस्रो व्यक्तिलाई असर नपर्ने गरी सम्पूर्ण सुरक्षा विधि अप्नाउन पनि आग्रह गरेको छ । ‘सरकारले कोभिड-१९ का कारण संकटमा परेका उधोगी व्यवसायीहरुको लागी घोषणा गरिएका सुबिधाहरु पुर्नकर्जा ,सहुलियत पुर्ण कर्जा, कर्जाको पुर्नतालिकीकरण लगायतका सुविधाहरु सरोकारवाला निकायमा सम्पर्क गरि सुबिधा लिनुहुन आग्रह गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ । महामारीको कारण देशभरि सञ्चालित ११ हजार ग्रील तथा स्टील उद्याेगगमा संलग्न १ लाख ६० हजार श्रमिकहरुको रोजगारी गुमेको महासंघले जनाएको छ । यस्तै महासंघले भविष्यमा आईपर्ने सम्भावित दुर्घटनाबाट बच्न राष्ट्रिय बिमा संस्थानमा गर्दै आईरहेको ग्रील व्यवसायी र श्रमिकहरुको ७ लाखको दुर्घटना बिमा कार्यक्रममा पनि चाँडो संलग्न हुने आग्रह गरेको छ । महासंघले विज्ञप्ती मार्फत छिटो भन्दा छिटो जोखिम कम भएका स्थानमा सुरक्षित किसिमले उद्याेग सञ्चालन गर्ने वातावरण मिलाउन र लकडाउनबाट प्रभावित उद्याेगी व्यवसायीहरुलाई सरकारबाट सहज किसिमले राहत दिलाउने कार्यकम लागिरहने जनाएको छ ।
हङकङ र ल्हासाका लागि उदय रानामगर र नवराज ढकाल महावाणिज्यदूत नियुक्त
काठमाडौं। सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो। रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत नियुक्ति प्रक्रियाका लागि अघिल्लो मन्त्रिपरिषदले दुबैलाई परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो। सरुवाअघि रानामगर झापाका प्रमुख जिल्ला अधिकारी थिए। ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए। उदय रानामगर र नवराज ढकाल दुबै नुवाकाेट जिल्ला बेलकाेगढी नगरपालिकाका स्थायीबासी हुन् ।
नेपाल इन्स्याेरेन्समा ईश्वर पाेखरेल नियुक्त, नेपाल बैंककाे अडानपछि मर्ज प्रकिया राेकियाे
काठमाडाैं । नेपाल इन्स्याेरेन्स कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल नियुक्त भएका छन । मंगलबार बसेकाे कम्पनीकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ । पाेखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सकाे नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलाे बैंकहरूमा काम गरेकाे अनुभव छ । त्यसैगरी इन्स्याेरेन्सकाे नायव महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका छन । बस्नेत प्रिमियर इन्स्याेरेन्सकाे फाइनान्स हेड रहेका थिए । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुबै पदमा नयाँ नियुक्तीकाे लागि खुला प्रतिस्प्रर्धा गरेकाे हाे । नेपाल इन्स्याेरेन्स र आईएमई जनरल इन्स्याेरेन्सबीच मर्चरकाे प्रकिया राेकिएपछि नेपाल इन्स्याेरेन्स कम्पनी आक्रामक रूपमा अगाडि बढ्ने याेजना बनाएकाे छ । नेपाल इन्स्याेरेन्स र आईएमई जनरल इन्स्याेरेन्सबीच मर्जबारे प्रवर्द्धकबीच छलफल भएकाे तर नेपाल इन्स्याेरेन्सकाे संस्थापक प्रवर्द्धक नेपाल बैंकले नेपालकाे पहिलाे बीमा कम्पनी भएकाेले याे कम्पनीकाे नाम छाेडेर मर्ज हुन तयार नभएकाे अडान लिएपछि मर्जकाे विषयमा छलफल पनि हुन छाेडेकाे स्राेतले बतायाे । पहिला ४० प्रतिशत सेयर नेपाल बैंककाे भएपनि अहिले १५ प्रतिशत छ । यस कम्पनीकाे मुख्य प्रवर्द्धक आईएमई ग्रुप हाे । यसअघि दुबै कम्पनीले साधारणसभाबाट मर्जमा जाने निर्णय गर्नुकाे साथै मर्जर कमिटि बनाएर छलफल अगाडि बढाएकाे थिए । दुबै कम्पनीकाे विजेनश, नेटवर्थ, पुँजी, बजारमा सेयर मूल्य उस्तै भएकाेले स्वाप रेसियाेमा पनि प्रवर्द्धकबीच माेटामाेटी सहमति भएकाे तर नामकाे विषयमा कुरा नमिलेकाे स्राेतकाे भनाइ छ ।