वैदेशिक रोजगार व्यवसायी संघले सरकारी र विपद् व्यवस्थापन काेषमा २ करोड सहयोग गर्ने

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि दुई भिन्नाभिन्नै कोषमा वैदेशिक रोजगार व्यवसायी संघले २ करोड सहयोग गर्ने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोषमा १ करोड र भैपरी आउने समस्यालाई ध्यानमा राख्दै केहि दिन अगाडी विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा निर्माण भएको विपद् व्यवस्थापन समितिमा १ करोड दिने निर्णय संघले गरेको जानकारी दिए । सिएसआर अन्तर्गत वैदेशिक रोजगार व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशतबाट उठ्ने व्याजमध्येको १ करोड रुपैयाँ कोरोना व्यवस्थापनका लागि सरकारी स्थापना गरेको कोषमा दिने निर्णय गरेको छ । ८ सय ५४ व्यवसायीबाट उठेको ४ अर्ब ३३ करोड रुपैयाँ बराबारको नगद धरौटी रहेको संघले जनाएको छ । उक्त धरौटी रकम बराबरको व्याजको माग राष्ट्र बैंकसँग गरेपछि सो रकमको १० प्रतिशत बैंकले राखेको बाँकी रहेको ९० प्रतिशत रकमको २५ प्रतिशत (करिब ९५ करोड)को व्याज संघले पाउछ । पछिल्लो सात महिनामा ९५ करोडको ७ महिनाको व्याज ६ करोड ७७ लाख जम्मा भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी लिए । ‘सो व्याज ‘व्यवसायिक कल्याणकारी कोष’ का विशुद्ध व्यवसायको हित तथा प्रर्वद्धनका लागि कोष परिचालन हुन्छ तर विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोनाले अछुत रहन नसकेको नेपालमा विपद् व्यवस्थापन गर्न सरकारले निर्माण गरेको कोषलाई सहयोग स्वरुप उक्त रकम दिने निर्णय गरेको हौं’ महासचिव श्रेष्ठ भने । आगामी दिन आउने समस्यालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि वैदेशिक रोजगार बोर्डले मात्र उद्धार गर्न गाह्रो पर्ने हुँदा आगाकी दिन वैदेशिक रोजगार व्यवसायी संघको पुन रुपमा सहयोग रहने संघले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको साहारा बन्न राजदूतावासलाई आग्रह

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै विदेशमा रहेका नेपालीको सुरक्षाबारे सरकारले सो देशको दूतावासलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समा नेपालीको अवस्थाबारे जानकारी लिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको उपस्थितिमा इजराइल, दक्षिण अफ्रिका, मलेसिया, जापान, दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे उक्त भिडियो कन्फ्रेन्स गरेका हुन् । उक्त छलफलमा भिसा सकिएर नेपाल आउने क्रममा रहेका नेपालीले काम गर्ने कम्पनीसँग समन्वय गरि गाँस, बास र अति आवश्यक सेवा सुविधा व्यवस्थापन गर्न सम्बन्धित दूतावासलाई पहल गर्न सरकारले दिएको छ । नेपालीको उच्च मनोबल खस्किन नदिनको आग्रह गरेको छ । त्यस्तै, सोमबार मध्यपूर्व, अफ्रिकास्थित नेपाली राजदूतसँग त्यहाँको अवस्थाबारे छलफल गरेका थिए ।

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । चैत १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कोइरालालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कोइरालाले आगामी ४ (चार) वर्षसम्म बैंकको कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्ने छन् । विगत ७ वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत रहेका कोइराला हाल यस बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनीसँग समग्र बैकिङ क्षेत्रको २१ वर्षको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।