जनता क्यापिटल सञ्चालनमा आउदै, सीईओ नियुत्तिका लागि माग्यो आवेदन
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि सहायक कम्पनी स्थापना गरेको छ ।बैंकले जनता क्यापिटल लिमिटेड स्थापना गरेको हो । क्यापिटललाई सञ्चालनमा ल्याउन जनताले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्त गर्न लागेको छ । अगष्ट १० तारिखसम्म दरखास्त दिन कम्पनीले भनेको छ । व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, तथ्याँकशास्त्र, लेखामा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने छ ।
प्राइम लाईफ इन्स्योरेन्सको सीईओमा मनोज भट्टराई पुनः नियुक्त
काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार भट्टराई पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिले असार पहिलो साता नै भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । कम्पनीको निर्णयमा बीमा समितिले साउन १ मा सहमति दिएको कम्पनी सचिव राजनप्रसाद अधिकारले सार्वजनिक गरेका छन् । बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशक काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको छ ।
नेपाल इन्फस्टक्चर बैंकले सहायक सीईओदेखि सहायकसम्मलाई जागिर खुलायो, साउन १६ गतेसम्म दरखास्त दिनुपर्ने
Building and sign bank (done in 3d) काठमाडौं । छिट्टै सञ्चालनमा आउन लागेको नेपाल इन्फस्ट्रक्चर बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत सहित ४० जना भन्दा बढीलाई जागिर खुलाएको छ । बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त विभागमा प्रवन्धक, जोखिम व्यवस्थापन विभागमा प्रवन्धक, कम्पनी सचिव, ट्रेजरी, फाइनान्स एन्ड अपरेशन डिपार्टमेन्ट प्रमुख, इन्भेष्टमेन्ट एन्ड स्ट्रक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख, जनशक्ति व्यवस्थापन र प्रशासन विभागमा सहायक प्रवन्धक नियत्त गर्न लागेको हो । यस्तै सुचना प्रविधि विभागमा सहायक प्रवन्धक, केही सिनियर म्यानेजमेन्ट फलो, १६ जना अधिकृत, वरिष्ठ सहायक र सयहाक १४ जना नियुक्त गर्न लागेको बैंकले जनाएको छ । विभिन्न पदमा बैंकले ४० भन्दा बढीलाई जागिर दिने भएको छ । इच्छुक व्यक्तिले मेरो जव डटकममा साृउन १६ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।