साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ । साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि वैदेशिक रोजगार विभागको रोहबरमा म्यानपावर सञ्चालक र कामदारको आफन्तबीच यस्तो सहमति भएको हो । सम्झौता पत्रमा सबै कामदारलाई सरसफाईको काम दिइने, एक दिनमा आठ घन्टा, महिनामा २६ दिन काम गर्नुपर्ने, तलब साउदी रियाल एक हजार र २०० खाना खर्च दिइने, बस्ने, यातायात, सुरक्षा आदि कम्पनीले उपलब्ध गराउने, परिचयपत्र र जीवन बीमा कामदारले काम शुरु गरेको ४५ दिनभित्र कम्पनीले उपलब्ध गराउने, नेपालबाट साउदी गएर काम गरेको दिनदेखि अहिलेसम्म पाउन बाँकी तलब कम्पनीले दिने, घर फर्कन चाहने कामदारलाई हवाई टिकट दिएर घर फिर्ता गराउने तथा काम गर्न चाहनेलाई सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई पुनः काममा लगाउने उल्लेख छ । दुई पक्षबीच गरिएको सम्झौता पत्रमा उल्लेखित शर्त पूरा नभए नेपालबाट पठाउने म्यानपावर कम्पनी काठमाडौँ मित्रपार्कस्थित इमप्लाइमेन्ट सर्भिसेज र इम्पावर ओभरसिज प्रालि पूर्ण रुपले जवाफदेही हुनेछ भन्नेसमेत उल्लेख गरिएको छ । म्यानपावर कम्पनी र कामदारका आफन्तबीच शर्त पूरा गर्छु भनेर तयार पारिएको सम्झौता पत्रमा हस्ताक्षर भए पनि कामदारहरु भने अझै असन्तुष्ट रहेको दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रका परामर्शदाता बुना विश्वकर्माले बताए। “अलपत्र अवस्थामा रहेका सबैको उद्धार गर्न हामीले प्रयत्न ग¥यौँ ।” उनले भने, “उनीहरुको उद्दार गर्न धेरै चुनौती भएकाले उनीहरुलाई पुनः काममा फर्काउन बाध्य भयौँ । म्यानपावर कम्पनीले गरेको प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गरे समस्या नहुने देखिन्छ । यो समस्याको समाधान चाँडै र इमान्दारीपूर्वक गर्न सम्बन्धित निकायलाई खबरदारी गरिरहेका छौं ।” एक महिना नौँ दिनदेखि साउदीअरबको दमामस्थित तुक्बा भन्ने ठाउँमा अलपत्र अवस्थामा रहेका कामदारले भने उल्लेखित सम्झौताकै भरमा मात्र काममा नजाने बताउँदै आएका छन् । “सम्झौता पत्रमा हस्ताक्षर भएको भरमा हामी काममा फर्कदैनौँ ।” खोटाङ जालपाका शेषन श्रेष्ठले भने, “यसअघि पनि हामीले सबै प्रक्रिया पु¥याएरै साउदी आएका हौँ । अब काममा फर्कन राजदूतावासले पनि विश्वास दिलाउनुपर्छ ।” साउदी अरबको सोनमार अलमामलखास्थित एडभरटाइजिङ कम्पनीमा सप्लाइको काम गर्दै आएका उनीहरु कम्पनीले तलब नदिएको भन्दै गत असार ३२ गते काम छाडेर कोठामै बसेका थिए । उनीहरु काममा नगएपछि कम्पनीले त्यसको भोलिपल्ट साउन १ गते कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा फालिदिनुका साथै गाडीमा राखेर एकान्त ठाउँमा लगेर अलपत्र पारेको जनाइएको छ । साउदीअरब पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काम छाडेर बसेकामा कम्पनीले सडकमा निकालिदिएपछि उनीहरु बिचल्ली परेको जनाइएको छ । गत २०७४ साल फागुन १ गते एकैसाथ साउदी अरब पुगेका उनीहरु सम्झौता अनुसारको काम र दाम नपाएपछि आन्दोलन गर्दा अलपत्र परेका हुन् । साउदीअरबमा ३८ नेपाली अलपत्र परेपछि उनीहरुका आफन्तले काठमाडौँमा रहेको सुरक्षित आप्रवासन परियोजना अन्र्तगत पिपुल्स फोरममार्फत् निःशुल्क कानूनी सहायताका लागि निवेदन दिएका थिए । निवेदन दर्ता भएलगत्तै पीडितको आवश्यक कागजात इमेलमार्फत मगाएर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरिएको थियो । रासस

साँग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुुयोग श्रेष्ठ, बैंकिङ् क्षेत्रमा लामाे अनुुभव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओ)मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । विकास बैंकको भदौ ८ गते(आज) बसेको संचालक समितिको २१४औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुुक्त गर्ने निर्णय गरेको हो । संखुुवासभा जिल्लाको चैनपुुरमा ४६ वर्ष अघि जन्मिएका श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए । नवनियुक्त सीईओ श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयाँ दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ् करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, उनले सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुँदै प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरी त्यसपछि सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गरेका थिए ।  श्रेष्ठले सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुँदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका थिए । यसरी विभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ् अनुुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंकलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिको विश्वास रहेको छ ।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिश

काठमाडौ । संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए। तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन् । परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । रासस