युट्युबबाट अर्बपति बनेका ‘टेक्निकल गुरुजी’ गौरव

काठमाडौं । विश्‍वमा धनी व्यक्तिहरूको सूची बढ्‍दै गइरहेको छ । सुखमय जिन्दगी बिताउनका लागि मानिसलाई जीवनभरि धैरै नै परिश्रम गर्नुपर्छ । तर, केहीको जागिर यस्तो हुन्छ, कयौं वर्ष काम गरे पनि उनीहरूसँग बचतका लागि केही बाँकी रहँदैन । संसारमा केही यस्ता काम र जागिर पनि छन्, जो गर्ने मानिसहरू चाँडै र सजिलै करोडपति बन्न सक्छन् । पछिल्लो केही वर्षदेखि सूचना प्रविधिको विकास र विस्तारले विश्‍वभरि आफ्नो पकड जमाउन थालेपछि सामाजिक सञ्जाल युट्युबबाटै मानिसहरू करोडपति बन्‍न सफल भएका छन् । युट्युबबाटै अर्बपति भएका एक युवा हुन् भारतका गौरव चौधरी । सामाजिक सञ्जालमा मानिसहरूले उनलाई प्राविधिक गुरुजी भनेर चिन्छन् । भर्खरै गौरवलाई ‘द नेशनल क्रिएटर्स अवार्ड २०२४’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक विधामा उत्कृष्ट निर्माताको अवार्ड प्रदान गरेका थिए । उनले टेक्निकल गुरुजी र गौरव चौधरी नामका दुई युट्युब च्यानल चलाउँछन् । उनको सब्‍सक्राइबर करोडौं संख्यामामा छन् । यी विश्वमा सबैभन्दा धेरै हेरिने प्राविधिक च्यानल हुन् । युट्युबबाट बम्पर आम्दानी गरेका उनको जीवनशैली विलासी छ । प्राविधिक युट्युबर्सको दुनियाँमा फरक पहिचान गौरवले प्राविधिक युट्युबर्सको संसारमा छुट्टै पहिचान बनाएका छन् । उनी टेक्निकल गुरुजीको रूपमा प्रसिद्ध छन् । युट्युबमा उनका अनगिन्ती फलोअर्स छन् । भारतमा मात्रै नभएर विदेशमा पनि उनको लोकप्रियता छ । एक साधारण इन्जिनियरबाट सबैभन्दा प्रभावशाली प्राविधिक व्यक्तित्वसम्मको उनको यात्रा गजबको छ। आफ्नो मेहनत र सिर्जनशीलताका आधारमा उनले यो स्थान हासिल गरेका हुन् । अहिले उनले यसबाट करोडौं आम्दानी गरिरहेका छन् । अजमेरमा जन्मेर केन्द्रीय विद्यालय पढे गौरवको जन्म सन् १९९१ मा राजस्थानको अजमेरमा भएको थियो । केन्द्रीय विद्यालयमा पढाइ सकेपछि उनले इन्जिनियरिङको डिग्री लिए । गौरव सधैं प्रविधिमा रूचि राख्थे। उनमा पढाइमा फरक किसिमको लगाव थियो । उनले ११ कक्षा पढ्दा कोडिङ गर्न थाले । यसले उनको भविष्यका प्रयासहरूका लागि जग बसाल्यो । प्रविधिप्रति गौरवको जिज्ञासा बढ्दै गयो । उनको दिमागमा २०१२ को सुरुमा युट्युब च्यानल खोल्ने विचार आयो । तर, २०१५ सम्म उनले आफ्नो विचारलाई यथार्थमा परिणत गर्न सकेनन् । सन् २०१५ मा गौरवले आफ्नो युट्युब च्यानल सुरु गरेका थिए । जसको नाम ‘टेक्निकल गुरुजी’ थियो । गौरवको च्यानलले चाँडै लोकप्रियता हासिल गर्यो । आज उनको मुख्य च्यानलमा २ करोड ३५ लाख सब्सक्राइबर छन् । यसले उनलाई विश्वको शीर्ष प्राविधिक युट्युबर्समध्ये एक बनाउँछ । ३ अर्ब ६० करोडको नेटवर्थ गौरवको सफलतालाई धेरै कारणले श्रेय दिन सकिन्छ । पहिलो, जटिल टेक्नोलोजी अवधारणाहरूलाई सरल बनाउने र तिनीहरूलाई हिन्दीमा प्रस्तुत गर्ने उनको क्षमताले ठूलो संख्यामा दर्शकहरूलाई प्रभावित गरेको छ । सरल भाषा प्रयोग गरेर र अत्यधिक प्राविधिक शब्दावलीलाई बेवास्ता गरेर गौरवले सीमित प्राविधिक ज्ञान भएका दर्शकहरूले पनि उनको सामग्री बुझ्न सक्ने कुरालाई सुनिश्चित गर्दछन् । युट्युबमा गौरवको सफलताले उनको कमाई पनि बढेको छ । उनको कुल अनुमानित सम्पत्ति करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको छ । दुबईमा घर र लक्जरी कार गौरवको दुबईमा घर छ । यसको मूल्य करिब ६० करोड रुपैयाँ रहेको छ । उनको संग्रहमा ११ वटा कार छन् । उनको निलो रंगको रोल्स रोयस घोस्टको मूल्य ८ करोड भारु रहेको छ । मैकलेरन जीटी को मूल्य ४ करोड ७५ लाख रुपैयाँ छ । यो कार उनका दाजुले उपहार दिएका हुन् । गौरवको रेन्ज रोभर भोगको मूल्य २ अर्ब १० करोड भारु रहेको छ । उनीसँग पोर्श पानामेरा जीटीएस पनि छ । यसको मूल्य १ करोड ९० लाख रुपैयाँ छ । यसबाहेक उनीसँग पोर्श पानामेरा, मर्सिडीज बेन्ज जी क्लास, बीएमडब्लू ७५० लि लगायतका धेरै लक्जरी कार छन् । एजेन्सी

सेयर बजारमा बम्पर आम्दानी गर्न लगानीकर्तालाई वारेन बफेटका टिप्स

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको चाप बढेको छ । मानिसहरू सेयर बजारमा राम्रो पैसा कमाउन आउँछन् तर सही जानकारी नहुँदा ठूलो नोक्सानी बेहोरिरहेका छन् । बजारमा धेरै लगानीकर्ताहरू छन् जसले धेरै पैसा गुमाएका छन् । यदि तपाईं सेयर बजारमा राम्रो नाफा कमाउन चाहनुहुन्छ भने विश्वका अग्रणी लगानीकर्ता वारेन बफेटका यी सुझावहरू पालना गर्न सक्नुहुन्छ । सेयर बजारमा पैसा लगानी गर्ने मान्छे वारेन बफेटलाई नचिनेका सायदै होलान् । बफेटले सन् १९९४ मा वर्कशायर ह्याथवेको वार्षिक बैठकमा भनेका थिए, ‘नाईलाई कहिल्यै सोध्नु हुँदैन, कपाल काटौं कि नकाटौं भनेर ।’ तपाईंले आज पनि लगानीकर्ताहरूबीच बफेटको यो सल्लाहको बारेमा छलफल सुन्नुहुन्छ। यस्ता छन् वारेन बफेटका ठूलो लगानी टिप्स लगानी गर्नुअघि अनुसन्धान गर्नुहोस् बफेटका अनुसार लगानीका विषयमा विशेषज्ञ वा एजेन्टको आफ्नै स्वार्थ हुन्छ । तसर्थ, तपाईंले लगानी गर्नुअघि सधैं आफ्नो अनुसन्धान गर्नुपर्छ । वारेन बफेट भन्छन् कि-कुनै पनि कम्पनीको काम वा यसको नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु आवश्यक छैन । उनी भन्छन्, ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुबिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो समातेर एउटा खुट्टाले आफूलाई सन्तुलनमा राखेर अर्को खुट्टाले नदी नाप्नु जरुरी छ ।’ यसरी गर्नुहोस् बचत बफेट तपाईंले हरेक महिना आफ्नो तलबबाट बचत गर्ने बानी बसाल्नुपर्ने बताउँछन् । बफेटका अनुसार यदि तपाईको तलब १० हजार रुपैयाँ छ भने तपाईंले प्रत्येक महिना २ हजार रुपैयाँ बचत गर्नुपर्छ । यो पैसा तपाईंलाई आपतकालीन अवस्थामा धेरै उपयोगी हुन सक्छ । यसरी तपाईंले ६ महिनाको आफ्नो घरायसी खर्च अनुसार आपतकालीन कोष पनि बनाउनुपर्छ । जब सबै डराउँछन्, तब लोभी बन्नुहोस् बफेटका अनुसार जब बजारमा सबै कुरा राम्ररी चलिरहेको छ, शंकालु हुनुहोस् । जब अरू लोभी हुन्छन्, डराउनुहोस् र जब अरू सबै डराउँछन्, लोभी बन्नुहोस् । लगानीकर्ता सधैं अवसरहरूको खोजीमा हुनुपर्छ । जब तपाईं यसलाई फेला पार्नुहुन्छ, यसलाई नछुटाउनुहोस् । यी अवसरहरू प्रयोग गर्ने मानिसहरू सधैं सफल हुन्छन् । एजेन्सी

विश्वभर दैनिक १ अर्ब डलरको खाना खेर फालिन्छ

काठमाडौं । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसंघले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा अधिकांश घरहरूबाट खेर गएका हुन् । राष्ट्रसंघीय पर्यावरण कार्यक्रम (युएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले विज्ञप्तिमा भनेका छन्, ‘खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्नेछन् ।’ रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ । खानाको नोक्सानीले उड्डयन क्षेत्रको पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्दछ र यस्ता कहिल्यै नखाइने बालीहरू उब्जाउनका लागि भूमिको विशाल भागलाई परिवर्तन गर्न आवश्यक छ । गैरनाफामूलक सङ्गठन डब्ल्युआरएपीसँग सहलेखन गरिएको उक्त रिपोर्ट राष्ट्रसंघले संकलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्णतस्बिर प्रदान गर्दछ । ‘डाटा संकलनमा सुधार हुँदै गर्दा समस्याको यथार्थस्तर अत्यन्त स्पष्ट भएको छ,’ युएनइपीका क्लेमेन्टाइन ओ’कनरले भने, ‘तपाईंले जति धेरै खानाको नोक्सानी खोज्नुहुन्छ, त्यति नै धेरै प्राप्त हुनेछ ।’ एजेन्सी